Ad Area

फरार अटो चालक २६ दिनपछि भारतबाट पक्राउ


घोराही, १० बैशाख । अटोको ठक्करबाट बालिकाको मृत्यु भएपछि फरार रहेका घोराही उपमहानगरपालिका–१२ गुर्जे निवासी अटो चालक सुवास सुनारलाई २६ दिनपछि भारतको हरियाणाबाट प्रहरीले पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका–१२ गुर्जेस्थित पक्की पुलमा नम्वर नखुलेको अटोले गत चैत १६ गते ठक्टर दिदाँ तुलसीपुर उपमहानगरपालिका–१७ निवासी ५ बर्षीय बालिका माघिरा भनिने युबिका बुढाथोकीको मृत्यु भएको थियो । अटोको ठक्करबाट गम्भीर घाइते बालिकाको उपचारको क्रममा चैत २० गते भैरहवास्थित मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ । उहाँका अनुसार दुर्घट्नामा गम्भीर घाइते बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको थियो ।

‘पारम्भिक अनुसन्धानका क्रममा हरियो रङको अटोले ठक्कर दिएको भन्ने मात्र खुल्न आएको थियो । अरु केही खुलेको थिएन’,जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक गौतमले भन्नुभयो,‘प्रहरीले सुचना संयन्त्रको प्रयोगसँगै प्राबिधिक माध्यम र सिडिआर एनलाइसेसका माध्यमबाट प्राप्त सुचनाको आधारमा सुवासलाई पक्राउ गर्न सफल भएका हौ ।’ प्रहरी नायव उपरीक्षक गौतमका अनुसार सुवास विकले चलाएको रा १ ह ७००३ नंम्वरको अटोले ठक्कर दिदा बालिका गम्भीर घाइते भएकी थिइन । गम्भीर घाइते बालिकको उपचारका क्रममा चार दिनपछि मृत्यु भएको थियो ।

प्रहरी नायव उपरीक्षक गौतमका अनुसार घट्ना घटेको २४ दिन पश्चात बैशाख ८ गते प्रहरीले उक्त अटो लुकाईछिपाई राखेको अबस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो । त्यसको दुई दिनपछि अटो चालक सुवासलाई भारतको हरियाणाबाट पक्राउ गरि ल्याउन सफल भएको प्रहरीले जनाएको छ । भारतको हरियाणामा रहेका सुवासलाई भारतीय प्रहरीकोसंगको सहकार्यमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी ल्याउन सफल भएको प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ ।

Blog Post Ad Blog Post Ad