Ad Area

श्रीमतीको हत्यापछि फरार रहेका श्रीमान पक्राउ


घोराही,१० बैशाख । दाङमा प्रहरीले श्रीमतीको हत्या आरोपमा फरार रहेका श्रीमानलाई भारत जाने तयारीमा रहेको अवस्थामा पक्राउ गरेको छ । बैशाख १ गते नयाँ बर्षको दिन साँझ घोराही उपमहानगरपालिका–१२ रतनपुरस्थीत घरमा श्रीमान–श्रीमतीको विवादका क्रममा ४० बर्षीय श्रीमती शारदा केसीको हत्या गरेर फरार रहेका ४१ बर्षीय श्रीमान मेघराज केसीलाई भारत जाने तयारी गरिरहेको अवस्थामा घोराही उपमहानगरपालिका–३ भानपुरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका अभियुक्त केसीलाई आइतवार प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको छ । श्रीमान–श्रीमतीको आपसी विवादका क्रममा मेघराजले श्रीमती शारदाको हत्या गरेको प्रारम्भीक अनुसन्धानका क्रममा स्वीकारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक बीरबहादुर वलीले जानकारी दिनुभएको छ । श्रीमतीको हत्यापछि फरार रहेका मेघराजलाई प्रहरीले बैशाख ८ गते राती साढे ९ बजेको समयमा लुकीछिपी हिडिरहेको अवस्थामा भानपुरबाट पक्राउ गरेको थियो ।

‘श्रीमती शारदाकुमारी केसीको लास गाडिएको अवस्थामा भेटिएको, तत्काल घटनाको प्रकृति, वरामद भएका सवुद प्रमाण, स्थानीय तथा छरछिमेकहरूको भनाई तथा प्रारम्भिक अनुसन्धानका क्रममा श्रीमान हत्या गरी फरार रहेको देखिएको थियो’,जिल्ला प्रहरी प्रमुख वलीले भन्नुभयोे,‘फरार रहेका श्रीमानको खोजतलास गर्दै जाने क्रममा घोराही–३ को भानपुरमा लुक्दैछिप्दै गरेको अवस्थामा पक्राउ गर्न सफल भएका हौ ।’

बैशाक १ गते राती दश बजेको समयमा श्रीमान–श्रीमतीको झै–झगडा हुँदा हात मुक्का प्रहार गरी श्रीमतीको हत्या गरेर घर नजिकै रहेको बारीमा खाडल खनि गाडेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएका प्रहरी प्रमुख वलीले बताउनुभयो । पक्राउ परेका अभियुक्तलाई प्रहरीले कर्तव्य ज्यान मुद्धा दर्ता गरी दाङ जिल्ला अदालतबाट दिन ५ को म्यादथप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

हत्या गरिएकी श्रीमती शारदाको शव आफ्नै घर नजिकै गाडिएको अवस्थामा बैशाख ६ गते फेला परेको थियो । छोराछोरी मामाघर र आमा जेठो छोराको घरमा बस्न गएको अवस्थामा श्रीमतिको हत्या गरेका थिए । श्रीमतीको हत्याको आरोपमा पक्राउ परेका मेघराज गत बर्षको जेठ महिनामा हराएर पुसमा घर फर्किएका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad