Ad Area

दाङमा सोलिस ट्रायाक्टर शोरुम उट्घाटन


दाङ, १० चैत । सोलिस ट्रायक्टरको राप्ती अञ्चालका लागि आधिकरीक विक्रेता अल्फा टु इन्टरनेसनल प्राली दाङको घोराहीमा उट्घाटन गरिएको छ ।

जापानीज प्रविधिद्धार निर्मित सोलिस ट्रायक्टरको राप्ती अञ्चलका लागि आधिकारी विक्रेता अल्फा टु इन्टरनेसनल प्राली दाङको आइतवार एक समारोहकाबीच शोरुमको उट्घाटन गरिएको हो । घोराही उपमहानगरपालिका–१५ का अध्यक्ष्य रमेश पाण्डेय र दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले संयुक्त रुपमा सोरुमको उट्घाटन गरेका हुन् ।

योसँगै अल्फा टु इन्टरनेसनल प्रालीले सोलिस ब्राण्डका टेक्टरहरुको राप्ती अञ्चालका लागि आधिकरीक विक्री सुरु गरेको छ । आइटिएलका सार्क प्रमुख आशिषले सरावतले जापनीज प्राविधिबाट निर्मित सोलिस कृषिका लागि बहुउपयोगी टेक्टर भएको बताए । ‘सोलिस विषेशगरी कृषि क्षेत्रका लागि बहुउपयोगी टेक्टर हो’ उनले भने, ‘हिमाल, पहाड र तपाई क्षेत्रमा भारबहनका लागि अति उपयोगी टेक्टर हो ।

विशिष्ट अतिथी रमेशकुमार पाण्डेयले ट्रायक्टरले कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्न भूमिका खेल्ने बताए । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकीले ट्रायाक्टरलाई परम्परागत कृषि प्राणलीलाई बदल्ने यान्त्रीकका रुपमा प्रयोग गर्न सुझाव दिए ।

अल्फा टु इन्टरनेसनल प्राली दाङका म्यानेजिङ डाइरेक्टर मधुसुदन डाँगीले सोलिसको ६०२०, ५७२०, ५२२० र ४७२० मोडलका ट्रायाक्टर उपलब्ध रहेको जानकारी दिए । उनले सोलिसका टेक्ट्ररमा सजिलो र आरामदायी सिन्क्रोमेस गीएर बक्स, एरो डाइनोमिक डिजाइन, डिराएल एलइडि लाइट, प्रोजेक्ट हेड लाइट, हाइड्रोलिक लिफ्ट क्षमता लगायतका विषेशता जानकारी दिए ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारि, जिल्ला ट्राफिक प्रहरी प्रमुख किरण मल्ल नेपाल पत्रकार महासङ्का सल्लाहकार सबिन प्रियाशन लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा ट्रायाक्टर खरिद गर्ने गुल्मीका हरि पन्थी र रोल्पाका भ्युसन रन्खे पुनलाई चाबी हस्तान्तरण गरिएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad