Ad Area

मुलुक खेल क्षेत्रमा अगाडि बढ्यो : मन्त्री शर्मा


घोराही, १४ बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल सरकारका प्रवक्ता रेखा शर्माले नेपालमा खेलकुद क्षेत्रको विकास आशा लाग्दो भएको बताएकी छिन । दाङको बंगलाचुली गाउँपलिकामा सुरु भएको ‘तेस्रो बंगलाचुली कप खेलकुद प्रतियोगिता–२०७९’ को उद्घाटन गर्दै मन्त्री शर्माले खेल क्षेत्रमा राम्रो क्षमता प्रर्दशन गर्न सक्ने खेलाडीलाई अवसर रहेको बताएकी हुन ।

मन्त्री शर्माले खेलक्षेत्रमा भविष्य बनाउनका लागि खेलकुदका पूर्वाधारसँगै खेलाडीको क्षमता विकास आवश्यक रहेको बताइन । ‘नेपालमा खेल क्षेत्रको विकास आशा लाग्दो । खेलाडीले राम्रो प्रदर्शन गर्दा खेलाडीसँगै देशको नाम जोडिने गर्दछ’,मन्त्री शर्माले भनिन्,‘देशको पहिचान र खेलाडीको भविष्यसँग जोडिएको खेलकुद क्षेत्रको विकासका लागि राज्यले ध्यानदिन्छ ।’ उनले खेल क्षेत्रको विकाससँगै खेलाडी उत्पादनका लागि पत्येक पालिकाहरुमा स्तरीय खेलकुद मैदान निर्माणसँगै खेलाडी उत्पादनका लागि खेलकुद प्रतियोगिता संचालन गर्नुपर्ने आवश्यकता रहेको बताइन ।

देशका तीनै तहका सरकारहरुले खेलकुद क्षेत्रको पूर्वाधारसँगै खेलाडी उत्पादनमा लगानी गर्न ध्यान दिए खेल क्षेत्रको विकाससँगै उत्कृष्ठ खेलाडीहरु उत्पादन गर्न सकिने बताइन । ‘उत्कृष्ठ खेलाडी उत्पादनका लागि खेल क्षेत्रमा लगानी आवश्यक छ’,मन्त्री शर्माले भनिन,‘पूर्वाधारसँगै नियमित प्रतियोगिता गर्न सके क्षमतावान खेलाडी उत्पादन गर्न सकिन्छ ।’ त्यसका लागि तीन तहका सरकारहरुले खेलकुदको क्षेत्रमा बजेट बनाउदा प्राथमिकता दिनुपर्ने बताइन ।

त्यसैगरी मन्त्री शर्माले सरकारले सामाजिक सुरक्षा भत्ता कटौती गर्न थालेको जनतामा भ्रम फैलाउने काम भएको भन्दै जनतालाई भ्रममा नपर्न आग्रह गरेकी थिइन । ‘देशको आर्थिक अवस्था कमजोर भएपनि सरकारले उपलव्ध गराएको जेष्ठ नागरिक, अपांगता, एकल महिला भत्तालगायतका सामाजिक सुरक्षा भत्ता कटौती गर्देैन । त्यो भ्रममा जनता पर्नु हुदैन’,मन्त्री शर्माले भनिन्,‘साच्चिकै सरकारले उपलव्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता काट्न्ुपर्ने अवस्था आयो भने सवभन्दा पहिले जनप्रतिनिधिहरुले बुझ्दै आएको सेवा सुविधा कटौती हुन्छ ।’

बंगलाचुलीमा सुरु भएको दुई दिने प्रतियोगिता शुक्रवारसम्म चल्ने भएको छ । प्रतियोगितामा भलिवल, क्रिकेट र बुद्धिचाल गरी तीन खेलहरु समावेश गरिएको छ । प्रतियोगितामा वडा नं. १ देखि ८ सम्मका वडाका खेलाडीहरुले प्रतिष्पर्धा गर्ने भएका छन् । बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीलाई स्वागत गाउँपलिका उपाध्यक्ष भक्तबहादुर जिसीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad