Ad Area

आगलागी पीडित वलीलाई १५ हजार सयोग


लक्ष्मी पोख्रेल

भालुवाङ, १४ बैशाख । राप्ती गाउँपलिका ४ बुडिचौर आगोलागी पीडित प्रेम बाहादुर वलीलाई आर्थिक सहयोग गरिएको छ । पीडित वलीको घरमा बैशाख ९ गते आगोलागी भएको थियो ।

पीडित वलीलाई राप्ती फिल्ड इण्डष्ट्रिज प्रालि सतबरियाका संचालक जगत पोख्रेल र डिल्लीराज खनालले १५ हजार सहयोग गरेका हुन । उनीहरुले वली परिवारलाई चेक हस्तान्त्ररण गरेका थिए ।

घरमा आगलागी हुदा घरपूर्णरुपमा जलेको छ । घर जल्दा झण्डै ५ लाख बराबरको क्षती वलीले बताए । वली परिवार अहिले घरबारबिहन भएको छ । ५ जनाको भएको वली परिवार आजभोली आफन्तकीको घरमा बस्दै आएका छन् ।

Blog Post Ad Blog Post Ad