Ad Area

थारु कल्याणकारीसभा दाङ क्षेत्र नंं. २ मा नयाँ नेतृत्व


दाङ, १६ वैशाख । थारु कल्याणकारी सभा दाङ क्षेत्र नंम्वर २ को प्रथम अधिवेशन सम्पन्न भएको छ । घोराही १६ मा रहेको निर्वाचन मण्डलका अध्यक्ष भुवन चौधरीको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनले अनिल चौधरी सभापति रहेको १३ सदस्यीय कार्यसमिती गठन गरेको हो।

जसको उपसभापतिमा कुमारी चौधरी, मनोज चौधरी र बीरमान चौधरीलाई सर्वसम्मत चयन गरिएको छ । त्यस्तै सचिवमा हुमलाल चौधरी र सहसचिवमा दुर्गानारायण चौधरीलाई चयन गरिएको भने कोषाध्यक्षमा केसरी चौधरी चयन भएका छन ।

सदस्यहरुमा रामु चौधरी, हरीप्रसाद चौधरी, रामकुमारी चौधरी, मनकुमारी चौधरी, जयन्द्र चौधरी र टोलीराम चौधरीलाई सर्वसम्मत चयन गरिएको छ ।

Blog Post Ad Blog Post Ad