Ad Area

आईटिएफ तेक्वान्दोमा दाङकी सृष्टिलाई स्वर्ण पदक


दाङ,१६ बैशाख । काठमाठौंको दशरथ रंगशालामा जारी १३ औं राष्ट्रपति रनिङ प्रतियोगिताअन्तरगत आईटिएफ तेक्वान्दोमा दाङकी सृष्टि योगीले स्वर्ण पदक जितेकी छिन् ।

१३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लागि जिल्ला हुँदै लुम्विनी प्रदेशबाट छनोट भएकी योगीले शनिवार भएको फाइनल खेलमा बाग्मती प्रदेशकी समिक्षा स्वरेनलाई हराउँदै स्वर्ण पदक जित्न सफल भएकी हुन ।

घोराही उपमहानगरपालिका–१७ चौघेरास्थीत गोरक्ष रत्ननाथ माध्यामिक विद्यालयमा अध्ययनरत छात्रा योगीले ३५–४० केजी तौल समूहमा प्रतिष्पर्धा गरेकी थिइन । पदकसँगै उनले मेडल, प्रमाणपत्र प्राप्त गरेकी छिन ।

बैशाखको १५ गतेदेखि १७ गतेसम्म संचालन हुने प्रतियोगिता अन्तर्गत आईटिएफ तेक्वान्दो खेलका लागि लुम्विनी प्रदेशबाट ३ जना महिला र ३ जना पुरुष खेलाडी गरी ६ जना खेलाडी सहभागी भएका थिए । उनीहरु मध्य योगी दाङकी एक्ली खेलाडी रहेकी थिइन ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad