Ad Area

लुम्बिनी मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पाए विश्वासको मत


दाङ,१९ वैशाख। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा ५३ मत र विपक्षमा २९ मत खसेको थियो ।

कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरीलाई माओवादी, नागरिक उन्मुक्ति लगायतका ८ दलले पक्षमा मत दिए भने एमालेले विपक्षमा मत दिए ।

बैशाख ११ गते एमालेका लिला गिरी नेतृत्व सरकार ढलेपछि सत्तारुढ दलको समर्थनमा कांग्रेसका चौधरी गत वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। लुम्बिनीमा १० दलका ८७ जना प्रदेशसभा सदस्य छन् ।

Blog Post Ad Blog Post Ad