Ad Area

जेसीजद्वारा मोवाइल लत सम्वन्धी विद्यार्थीलाई प्रशिक्षण


दाङ,१९ बैशाख । दाङ महिला जेसीजले विद्यार्थीलाई मोवाइल लत सम्वन्धी सचेतनामुलक प्रशिक्षण कार्यक्रम गरेको छ । दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत तेश्रो दिन मंगलवार घोराही उपमहानगरपालिका–१५ मा रहेको राप्ती शिक्षा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई मोवाइल लत सम्वन्धी प्रशिक्षण दिएको हो ।

दाङ महिला जेसीजका अध्यक्ष नारायणी भण्डारीको अध्यक्षता तथा राप्ती शिक्षा क्याम्पसका प्रमुख हुकुमबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुलाई मोवाइल लत सम्वन्धी प्रशिक्षण अम्विकेश्वरी क्याम्पसका प्राध्यापक इन्जिनियर पवन अधिकरीले दिएका थिए । साथै उनले मोवाइललाई सहि रुपमा प्रयोग गर्न सके धेरै कुराहरुको ज्ञान हासिल गर्न सकिने भन्दै गलत रुपमा प्रयोग नगर्न आग्रह गरेका थिए ।

कार्यक्रम संयोजक जेसी सोपिया क्षेत्रीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा पवित्रा चौधरीले आस्थापाठ गराएकी थिइन । ९५ जनाको सहभागीता रहेको कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमका बारेमा मुल कार्यक्रम संयोजक बसन्ता भण्डारीले जानकारी गराएकी थिइन । दाङ महिला जेसीजकी कार्यकारिणी उपाध्यक्ष दिलु मल्लले धन्यावाद ज्ञापन गरेको कार्यक्रमको कार्यक्रमको सहजीकरण महासचिव अर्चना शर्माले गरेकी थिइन । दाङ महिला जेसीजले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चौथो दिन बुधवार रक्त सञ्चार केन्द्र घोराहीमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।

त्यसैगरी विहीवार घोराही उपमहानगरपालिका–१३ सेवारमा असहाय तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग, शुक्रवार घोराही–१७ शान्ति टोलमा नागरिक सचेतना कार्यक्रम र शनिवार सप्ताहको अन्तिम दिन त्रिभुवननगर जेसीज सचिवालयमा बढ्दो आर्थिक संकट र समाधानमा हाम्रो प्रयास विषयक अन्तत्र्रिmया कार्यक्रमको आयोजना गरेर समापन गरिने भएको छ । सप्ताहव्यापी कार्यक्रम बैशाख १७ गते आइतवारदेखि सुरु भएको थियो ।

Blog Post Ad Blog Post Ad