Ad Area

दाङ महिला जेसीजद्वारा रक्तदान


दाङ,२० बैशाख । दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चौथो दिन बुधवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

दाङ महिला जेसीजका अध्यक्ष नारायणी भण्डारीको अध्यक्षता तथा रक्त संचार सेवा केन्द्र दाङका इन्चार्ज दिलिप न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ७ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा संयोजक जेसी भीमा डिसीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा सदस्यता वृद्धि सभापति रेमन्ता पुनले आस्थापाठ गराएकी थिइन । कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमका बारेमा मुल कार्यक्रम संयोजक बसन्ता भण्डारीले जानकारी गराएकी थिइन । कार्यक्रमको सहजीकरण सहसचिव दिपा पुनले गरेकी थिइन ।

दाङ महिला जेसीजले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पाँचौ दिन विहीवार घोराही उपमहानगरपालिका–१३ सेवारमा असहाय तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी छैठौ दिन शुक्रवार घोराही–१७ शान्ति टोलमा नागरिक सचेतना कार्यक्रम र शनिवार सप्ताहको अन्तिम दिन त्रिभुवननगर जेसीज सचिवालयमा बढ्दो आर्थिक संकट र समाधानमा हाम्रो प्रयास विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर समापन गरिने भएको छ । सप्ताहव्यापी कार्यक्रम बैशाख १७ गते आइतवारदेखि सुरु भएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad