Ad Area

बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग


घोराही, २१ वैशाख । घोराही उपमहानगरपालिका वडा नंं. १३ का वादी समुदायका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र दाङ महिला जेसीजको संयुक्त आयोजनामा बालबालिकाहरुलाई पढाईमा सहयोग पु¥याउने उद्देश्यले शैक्षिक सामाग्री सहयोग गरिएको हो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र र नागरिक आवाज ललितपुरको सहकार्यमा सञ्चालित सामुदायिक सुरक्षा जालो कार्यक्रम र दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तरगत घोराही उपमहानगरपालिका वडा नं. १३ को दुर्गा भवानी टोलमा रहेका वादी समुदायका २१ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको हो । बालबालिकाहरुलाई झोला, कापी, कलमलगायत शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।

दाङ महिला जेसीजका अध्यक्ष नारायणी भण्डारीको अध्यक्षता एवं नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको प्रमुख आतिथ्य र सामुदायिक प्रहरी सेवा केन्द्र दाङका अध्यक्ष आर.के शीतलको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले यस्ता सहयोग कार्यक्रममा पछाडी पारिएका समुदायका बालबालिकाहरुको शैक्षिक यात्रामा महत्वपूर्ण भूमीका खेल्ने बताएका थिए ।

कार्यक्रममा दाङ महिला जेसिजका पूर्व अध्यक्षहरु विणा बि.सी, डोमा पाण्डे, जीवा भुषाल, नेपाल महिला सामुदायिक सेवा केन्द्रका लीला शाह, मनोविमर्शकर्ता लक्ष्मी ढकाल, पत्रकार दिनेश सुवेदी, दुर्गा भवानी टोलका अध्यक्ष बालकुमार वादी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम संयोजक संगीता रोकायको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सप्ताहका मुल संयोजक बसन्ता भण्डारीले सप्ताहबारे जानकारी गराएकी थिइन । सदस्य पवित्रा चौधरीले आश्था पाठ गराएको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष दिलु मल्लले धन्यवाद ज्ञापन गरेकी थिइन । कार्यक्रमको सहजिकरण सहजीकरण सह–सचिव दीपा पुन मगरले गरेकी थिइन ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad