Ad Area

बढ्दो आर्थिक संकट समाधानका लागि स्थानीय उत्पादनमा जोड


दाङ,२३ बैशाख । बढ्दो आर्थिक संकटका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

उत्पादनमा कमजोर हुँदा देशमा आर्थिक संकटको अवस्था देखिएको भन्दै सहभागी बक्ताहरुले आर्थिक संकट समाधानका लागि उत्पादनमा जोडदिनुपर्ने बताएका हुन । दाङ महिला जेसीजले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शनिवार घोराहीमा आयोजना गरेको बढ्दो आर्थिक संकट समाधानका उपाय बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले यस्तो बताएका हुन ।

कार्यक्रममा दाङ महिला जेसीजका अध्यक्ष नारायणी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आर्थिक संकट समाधानका लागि स्थानिय उत्पादनलाई बढवा दिनुपर्ने बताएका थिए । उनले आफ्नै गाउँठाउँमा उत्पादनको सम्भाबनालाई खोजी गर्दै स्वदेशमै आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसी, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बीरबहादुर वली, नेपाल जेसीज बर्ष २०२३ का क्षेत्र ‘घ’ निरुपित राष्ट्रिय कार्यकारी उपाध्यक्ष जीवन कार्की, जाल्पा सामुदायिक लघुवित्त वित्तिय सस्था लिमिटेडका प्रदेश प्रमुख पवन योगी,दाङभ्याली कलेजका प्राध्यापक नवराज अधिकारी, नविल बंैकका कलस्टर प्रमुख मुरारीप्रसाद अर्याल, नेपाल परिवार नियोजन संघका केन्द्रीय उपाध्यक्ष निर्मला गौतम रेग्मी, माओवादी केन्द्रका जिल्ला सचिव विश्वराज आचार्य, जिल्ला ट्राफिक प्रहरी प्रमुख किरण बोहोरा, दाङ महिला जेसीजका सस्थापक अध्यक्ष निर्मला गौतम, निवर्तमान अध्यक्ष शारदा घर्तीमगर,पूर्व अध्यक्ष बिन्दु गिरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम संयोजक लक्ष्मी घमाल चौधरीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा आस्थापाठ उपाध्यक्ष आकृति शर्माले गराएकी थिइन भने जेसीज मिसनभिजनका बारेमा कोषवृद्धि सभापति आरधना सिंह ठकुरीले गराएकी थिइन । कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमका बारेमा मुलसंयोजक बसन्ता भण्डारीले जानकारी गराएकी थिइन । कार्यकारिणी उपाध्यक्ष दिलु मल्लले धन्यावाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण महासचिव अर्चना शर्माले गरेकी थिइन ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad