Ad Area

स्पान नेशनल कलेजद्वारा विद्यार्थीलाई स्वागत तथा विदाई


दाङ, २३ वैशाख । स्पान कलेज घोराही दाङले कलेजमा बिएड प्रथम बर्षमा अध्यनरत विद्यार्थीलाई स्वागत तथ चौथो बर्षका विद्यार्थीलाई विद्याई गरेको छ ।

कलेजले शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गरेर बिएड प्रथम बर्षमा अध्ययनका लागि आएका विद्यार्थीलाई स्वागत तथा चौथो बर्षका विद्यार्थीलाई विदाई गरेको हो । भीएन प्राध्यापक विद्यार्थी समन्वय समिति एवं स्पान भिएन क्याम्पस परिवारको आयोजनामा भएको कार्यक्रममा प्रथम बर्षका विद्यार्थी अस्मिता नेपाली, चौथो बर्षका विद्यार्थी खगेन्दा विष्टले क्याम्पसमा अध्ययन गर्दाका अनुभव धेरै रमाइलो भएको बताएका थिए । कार्यक्रममा विद्यार्थी श्यामकुमार सुबेदीले कलेजबाट बिदाई भएपनि कलेजसँग जोडिएको सम्बन्धले टाढा नहुने बताएका थिए ।

क्याम्पसमा बिएड तेस्रो बर्षमा अध्ययनरत विद्यार्थी सबिता बस्नेतको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रममा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले शिक्षा हासिर गरेर स्वदेशमै केही योगदान गर्नुपर्छ भन्ने विद्यार्थीमा भावना हुनुपर्ने बताए । साथै उनले सामाजिक र सस्थागत बिधालयहरु शैक्षिक विकासका लागि अझै अगाडि आउनुपर्ने बताए ।

क्याम्पस प्रमुख शरद्कुमार आचार्यले पढाई पूरा गरेर क्याम्पसबाट विद्यार्थीहरु बिदा हुँदै गर्दा आगामी दिनमा पनि कलेज र विद्यार्थीको सम्बन्ध कायम रहनुपर्ने बताएका थिए उनले कलेज संचालन गर्दाको सुरुको अवस्थादेखि नै साथ सहयोग गरेका विद्यार्थीलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा रोशन देबकोटा , पद्मोदय नमूना माध्यामिक व्द्यिालयका प्राध्यानाध्यापक मोहनकुमार अधिकारी, टीका बस्नेतलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
दोस्रो बर्षमा अध्ययनरत पुष्पा डिसीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको संचालन विद्यार्थी लोकेन्द्र रिजालले गरेका थिए । भिएन कलेजको नामबाट संचालित कलेजले यस वर्षदेखि स्पान नेसनल कलेजको नामबाट आफ्ना शैक्षिक गतिविधि सन्चालन गर्दै आएको छ । कार्यक्रममा विद्यार्थीहरुले नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad