Ad Area

अल्ट्रासाउन्ड भिडियो एक्सरे सेवा सुरु


दंगीशरण,२७ बैशाख । दंगीशरण गाउँपालिकामा रहेका सात वटै स्वास्थ्य सस्थाबाट गर्भपती महिलालाई निशुल्क अल्ट्रासाउन्ड भिडियो एक्सरे सेवा सुरु भएको छ ।

श्रीगाउँ स्वास्थ्य चौकी बागरमा बुधवार एक कार्यक्रमकाबिच भिडियो एकसरे सेवाको उद्घाटन गरिएको हो । ग्रामीण क्षेत्रका गर्भवती महिलालाई आफ्नो र बच्चाको स्वास्थ्य अवस्थाबारे जानकारी लिने उद्देश्यले सेवा सुरु गरिएको छ । बच्चा र आमाको स्वास्थ्य अवस्था सुरक्षित राख्न ग्रामीण भिडियो एक्सरे सेवाले महत्वपूर्ण भूमिका खेल्ने दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताएका छन् ।

गाउँपालिका अध्यक्ष गिरीले गर्भवती महिलाहरूको गर्भ जाँच, शिशु र आमाको स्वास्थ्य अवस्था जाँच्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । गाउँपालिका अध्यक्ष गिरीले निर्वाचनका क्रममा आफुले जनतासँग गरेको प्रतिवद्धता अनुसार गाउँमै गर्भवती महिलाको स्वास्थ्य जाँचको सुरुवात गरिएको बताएका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले दंगीशरणका दुर्गम भेग अनि भौगोलिक विकट ठाउँमा पनि अल्ट्रासाउन्ड सेवा पुग्ने भएपछि आफु धेरै खुसी भएको बताइन । वडा न ६ का वडा अध्यक्ष रोशनजंग शाहले प्राथमिक स्वास्थ्य केन्द्र बागरबाटस्तरीय स्वास्थ्य सेवाले गर्भवती महिलाहरुलाई सहयोग पुग्ने बताए ।

स्वास्थ्य सेवाको पहुँचदेखि टाढा रहेका गर्भपती महिलाहरूका लागि घरमै पुगेर समेत सेवा लिन सकिने गरि निशुल्क रुपमा सेवा सुरुवात भएको स्वास्थ्य केन्द्र बागरका डा सुगत अधिकारीले जानकारी दिएका छन् । गर्भवती भिडियो एक्सरे सेवाको मुख्य उद्देश्य शिशु मृत्युदर र मातृ मृत्युदर घटाइ दिगो विकास लक्ष्यमा सहयोग पु¥याउने रहेको गाउँपालिका अध्यक्ष गिरीले बताएका छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad