Ad Area

प्रथम गढिमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि दाङबाट खेलाडी छनोट


घोराही, ३० बैशाख । आगामी जेठ पहिलो साता मधेश प्रदेशको बाराको निजगढमा हुन लागेको प्रथम गढिमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि दाङबाट खेलाडी छनोट गरिएको छ ।

दाङ जिल्ला तेक्वान्दो संघको आयोजना तथा लुम्बिनी प्रदेश तेक्वान्दो संघको समन्वयमा शनिबार तुलसीपुर ८ कृष्ण मन्दिरमा आयोजित जिल्ला स्तरीय खेलाडी छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् ।

जेठको ४ देखि ६ गतेसम्म संचालन हुने प्रथम गढिमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा जिल्लाबाट १० वटा तौल समुहका सय बढी खेलाडी छनोट गरिएको खेलाडी छनोट संयोजक बमबहादुर बिकले जानकारी दिनुभयो । उहाँका अनुसार, जिल्लाभरका विभिन्न डोजाङ्गबाट महिला र पुरुष गरी पाँच–पाँच वटा तौल समुहमा खेलाडी छनोट गरिएको छ ।

पुरुष तर्फ ४० केजी तौल समुहमा निशेष केसी, ४८ केजी तौल समुहमा जस्मीन चौधरी, ५४ केजी तौल समुहमा बिरेन्द्र डाँगी, ५८ केजी तौल समुहमा जितकुमार चन्द र ६३ केजी तौल समुहमा हिमाल नेपाली प्रथम भएका छन् ।

यसैगरी, महिला तर्फ ४६ केजी तौल समुहमा खुशी घर्ती, ४९ केजी तौल समुहमा सरीता केसी, ५३ केजी तौल समुहमा विद्या चौधरी, ५७ केजी तौल समुहमा रितु राना र ६२ केजी तौल समुहमा ममता रिजाल प्रथम भएका छन् । छनोट प्रतियोगिताको जुरीमा जगबहादुर नेपाली र मानबहादुर चौधरी रहनु भएको थियो ।

Blog Post Ad

संघका अध्यक्ष विष्णु अधिकारीको अध्यक्षता तथा तेक्वान्दो संघ लुम्बिनी प्रदेश अध्यक्ष बिमल रिजालको प्रमुख आतिथ्यमा खेलाडी छनोट गरिएको हो । सो अवसरमा प्रमुख अतिथि रिजालले छनोटमा परेका खेलाडीलाई प्रथम गढिमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा अनुशासित रुपमा उत्कृष्ट खेल प्रदर्शन गरी जीत हासिल गर्न शुभकामना दिनुभयो । अन्तर्राष्ट्रिय निर्णायक भीमलाल विश्वकर्माले पाएको अवसरलाई सही रुपमा उपयोग गर्न छनोट भएका खेलाडीलाई अपिल गर्नुभयो ।

Blog Post Ad Blog Post Ad