नागरिक समाजको ‘नागरिक आवाज’ लोकार्पण
दाङ, ३० बैशाख ।नागरिक समाज दाङले नागरिक आवाज अंक २ लोकार्पण समारोह सम्पन्न गरेको छ । समाजका संयोजक केवी मसालको अध्यक्षता तथा समाजका संस्थापक संयोजक वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा शनिबार एक कार्यक्रम गरि पुस्तक लोकार्पण गरिएको हो ।
प्रमुख अतिथी शर्माले समाजमा रहेका विकृतिमाथि खवरदारी गर्दै समाज सुधार गर्नेपाटोमा नागरिक समाज दाङले हिजोदेखी नै महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको बताउनु भयो । घोराहीको रहेको सर्वोदय पुस्तकालयमा आयोजना गरिएको कार्यक्रममा उहाँले नागरिक समाजले समाजमा देखिएका घटनाक्रम अनुसार नागरिकका पक्षमा काम गर्दै आएको र सरोकारवाला निकायलाई खवरदारी गर्ने कामलाई थप प्रभावकारी तरवरले अगाडी बढाउदै लैजानु पर्ने सुझाव दिनुभयो ।
पुस्तक विमोचन कार्यक्रममा सर्वोदय पुस्तकालयका अध्यक्ष शुसिल गौतम, स्तम्भकार समाजका निर्माला विक, राप्ति साहित्य परिषद् केन्द्रिय अध्यक्ष टिकाराम उदासी, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका सचिव मनिस बञ्जाडे, राप्ति साहित्य परिषद् पुर्व केन्द्रिय अध्यक्ष पुरुषोतम खनाल, समाज सेवी ऋषिराज जंगली, नागरिक समाज दाङका पूर्व अध्यक्ष चन्द्रराज पन्त, ज्येष्ठ नागरिक सरोकार केन्द्र तेरौटेका अध्यक्ष भुपाल गिरी, निवृत शिक्षक समाज दाङका अध्यक्ष गोविन्द पौडेल र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
समाजका सचिव नारायण प्रसाद श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण समाजका सदस्य पद्मप्रसाद शर्माले गर्नुभएको थियो ।