Ad Area

फोरलेन सडक ठेक्का सम्झौता रद्द : मन्त्री शर्मा


दाङ,१ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल सरकारका प्रवक्ता रेखा शर्माले दाङको अलपत्र फोरलेन सडकको सम्झौता तोडिएको बताएकी छिन् ।

दाङ सूचना सञ्चार सहकारी संस्था द्वारा सञ्चालित रेडियो मध्यपश्चिमको १७ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले अलपत्र फोरलेन सडक ठेक्का सम्झौता रद्द गरिएको बताएकी हुन् ।
भारतीय ठेकेदारका कारण लामो समयसम्म निर्माण हुन नसकेर अलपत्र परेको घोराही–तुलसीपुर फोरलेन सडकको सम्झौता तोडिएको भन्दै मन्त्री शर्माले अवको १÷२ दिनभित्रै सूचना जारी हुने प्रक्रियामा रहेको बताएकी हुन ।

कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री शर्माले भनिन्,‘ लामो समयदेखि अलपत्र रहेको घोराही–तुलसीपुर फोरलेन सडकलाई नयाँ प्रक्रियाबाट अघि बढाउनका लागि भारतीय निर्माण कम्पनीसँग ठेक्का सम्झौता तोडेका छौ । नयाँ प्रक्रियामा नजादासम्मका लागि सडकको मर्मत र निर्माणका लागि अब सडक डिभिजन कार्यालयले वर्षात अघि नै मर्मत सुधारको काम गर्ने छ ।’

नयाँ टेण्डरका लागि थप प्रक्रिया अघि बढाइने मन्त्री शर्माले बताएकी थिइन । घोराहीको बबई नदीदेखि तुलसीपुर उपमहानगरपालिकाको हात्तिखौवासम्मको करिव २८.१९ किलोमिटर सडक ३० महिनाभित्र निर्माण सक्ने गरी २०७६ पुस महिनादेखि काम सुरु भएपनि काम सम्पन्न हुन सकेको छैन । यसविचमा चार पटक म्यादथप भैसक्दा समेत सडकको भौतिक प्रगती करिव दश प्रतिशत मात्रै रहेको छ ।

Blog Post Ad Blog Post Ad