Ad Area

दाङमा विद्यालयस्तरीय फुटबल प्रतियोगिता हुने


दाङ,३ जेठ । जिल्ला फुटबल संघ दाङ र जिल्ला फुटबल रेफ्री संघ दाङको संयुक्त आयोजनामा दाङमा एन्फा प्रेसिडेन्ट कप अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता यही जेठ १२ गतेदेखि तुलसीपुरस्थित अरनिको खेलमैदान र नारायणपुरस्थित विपी बाटिका खेल मैदानमा प्रतियोगिताका खेलहरु हुने भएका छन् । प्रतियोगिताका लागि आवश्यक तयारीलाई अघि बढाइएको रेफ्री संघ दाङका सचिव खुम वलीले जानकारी दिएका छन् ।

प्रतियोगितामा जिल्लामा रहेका प्याव्सन, नेशनल प्याव्सन र सामुदायिक विद्यालयमा कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरूले टिम बनाएर सहभागी हुन पाउने छन् । प्रतियोगिताको विजेता टिमले ५० हजारसहित कप, मेडल र प्रमाणपत्र जित्ने छ भने उपविजेताले .नगद २५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उक्त प्रतियोगितामा सहभागीताका लागि टिम दर्ता शुल्क .४ हजार तोकिएको रेफ्री संघ दाङका सचिव वलीले जानकारी दिएका छन् ।

जिल्लामा फुटवल क्षेको विकास र विस्तारसँगै विद्यालय तहदेखि नै क्षमतावान खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको जिल्ला फुटबल संघ दाङका अध्यक्ष संन्जय धितालले बताएका छन् । प्रतियोगितामा बिजेता र उपविजेता टिमसँगै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागीताका लागि जेठ १० गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागीताका लागि व्याव्सन, नेशनल व्याव्सन र सामुदायिक विद्यालयलाई पत्राचार गरिसकेको जिल्ला रेफ्री संघका सचिव वलीले बताए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad