Ad Area

बक्सिङ संघ दाङमा नयाँ नेतृत्व


घोराही,३ जेठ । नेपाल बक्सिङ संघ दाङमा नयाँ नेतृत्व चयन गरिएको छ । तुलसीपुरमा मंगलवार भएको खेलाडीहरुको भेलाले विशालजंग शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा समिर सिद्धिकी, सचिवमा हस्त जिएम, उपसचिवमा कृष्टिना खाती, कोषाध्यक्षमा दिपक केसी र उपकोषाध्यक्षमा एलिसा सेन्चुरी रहेका छन् । बक्सिङ संघको सदस्यहरुमा अमितसिंह ठकुरी, युरेन्द्र बुढा, बिजय बस्नेत र पुष्पगुराँश वली रहेका छन् ।

भेलामा केन्द्रीय प्रतिनिधिका रुपमा शोभाजंग केसी, मन भण्डारी र ओमनारायण श्रेष्ठ रहेका थिए । लामो समयसम्म विवाद रहेको बक्सिङ संघ दाङमा नयाँ नेतृत्व चयनसँगै विवाद समाधान भएको छ । संघ विवादमा पर्दा जिल्लामा बक्सिङका गतिविधिहरु हुन सकेका थिएनन् ।

Blog Post Ad Blog Post Ad