Ad Area

गोदावरीमा स्कुलको क्याप्टेनमा सुशील, भाइस क्याप्टेनमा संरचना निर्वाचित


दाङ, ५ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर १३, बडहरा स्थित गोदावरी इङ्लिस मिडियम स्कुलमा स्कुल क्याप्टेन र भाइस क्याप्टेन पदको लागि आज भएको निर्वाचन मार्फत नेतृत्व चुनिएको छ ।

क्याप्टेन पदमा कक्षा १० का सुशील सुनार २ सय ७४ मतका साथ निर्वाचित हुनु भएको छ । उहाँले निकटतम् प्रतिद्वन्दी शिशिर थापाले ५४ मत प्राप्त गर्नुभयो । त्यसै गरी भाइस क्याप्टेन पदमा कक्षा १० की संरचना घर्ती १ सय ३५ मत लिई निर्वाचित हुनु भएको छ । उहाँको निकटतम् प्रतिद्वन्दी स्मृति पुनले १ सय ३१ मत प्राप्त गरेको जानकारी निर्वाचन अधिकृत शिक्षक तिलकराम अधिकारीले जानकारी गराउनुभएको छ ।

क्याप्टेन र भाइस क्याप्टेनको लागि ५–५ जना विद्यार्थी उम्मेद्वारको रुपमा उत्रिएका थिए । बिहान साढे ११बजेदेखि सुरु भएको निर्वाचन साढे २ बजे सम्पन्न भएको थियो । निर्वाचनमा विद्यालयका कक्षा ३ देखि कक्षा १० सम्मका जम्मा ३ सय ८६ विद्यार्थी र ३४ शिक्षक कर्मचारी गरी जम्मा ४ सय २० मतदाता रहेका थिए ।

उक्त निर्वाचनमा ९१ दशमलव ४ प्रतिशत मत खसेको थियो भने कूल खसेको ३ सय ८४ मतमध्ये ३ मत बदर भएको निर्वाचन अधिकृत अधिकृत शिक्षक अधिकारीले जानकारी दिनुभयो । विद्यालयले निर्वाचन प्रकृया, मत पत्र, मतदान, मतपेटिका तथा नेतृत्व चयनका बारेमा व्यवहारिक ज्ञान दिन तथा विद्यार्थीहरुबाट विद्यालय क्याप्टेन र भाईस क्याप्टेन चयन गर्न निर्वाचन प्रकृया अपनाईएको प्रिन्सिपल हरिप्रसाद पौडेलले बताउनुभयो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad