Ad Area

भुटानी शारणार्थी प्रकरणले गठबन्धन थप बलियो : पूर्वमन्त्री चौधरी


घोराही। नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री मेटमणि चौधरीले भुटानी शरणार्थी प्रकरणले वर्तमान सत्ता गठबन्धनलाई थप बलियो बनाउने काम गरेको बताउनुभएको छ ।

दाङको घोराहीमा समाजवादी निकट प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहनुभएका नेता चौधरीले देश र जनताको हितविपरित भएको भुटानी शरणार्थी प्रकरणले सत्ता गठबन्धनलाई एकठिका र बलियो बनाउने काम गरेको बताउनुभयो । उहाँले सत्ता गठबन्धनमै आवद्ध दलकै ठुला नेता भुटानी शरणार्थी प्रकरणमा तानिएपनि राष्ट्र र जनताको हितविपरितका कार्यमा गठबन्धनमा आवद्ध दलहरु कारवार्हीका लागि एक ठाउँमा रहेको बनाउनुभएको थियो ।

पूर्वमन्त्री चौधरीले भन्नुभयो,‘भुटानी शरणार्थी प्रकरणले सत्ता गठबन्धनलाई एकढिका बनाउने काम गरेको छ । यो प्रकरणले गठबन्धनमा मनमुटाव होइन थप बलियो बनाउने काम गरेको छ ।’ उहाँले यो प्रकरणमा अन्य नेता समेत तानिने बताउनुभएको थियो । साथै मन्त्री चौधरीले भ्रष्टाचारको अन्त्य र सुशासन कायमका लागि वर्तमान सरकारले प्रशंसनीय काम गरेको बताउनुभयो ।

फरक प्रसंगमा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य समेत रहनुभएका नेता चौधरीले पार्टीमा जोडिने र छुट्ने क्रम निरन्तर चल्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘जुनसुकै पार्टीमा पनि आउने र जाने क्रम चलिरहेको हुन्छ । यसलाई अन्यथा लिनु हुँदैन । श्रीमान–श्रीमतीकावीचमा पनि छुट्निे र जोडिने गरेका घट्ना हुन्छन् । यो पनि त्यस्तै हो ।’ उहाँले बिचारका आधारमा छुट्निे राम्रो भएपनि अवसरका पछि लागेर पार्टीमा जोडिने र छोड्ने प्रवृति गलत भएको बताउनुभयो ।

एकीकृत समाजवादीका लुम्विनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेले १०÷१५ दिनअघिसम्म एमाले र केपी शर्मा ओलीलाई गाली गर्नेहरु समाजवादी छोडेर एमालेमा कसरी प्रवेश गर्ने भए भन्ने कुरा अनौठो भएको बताउनुभएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad