Ad Area

गुरुकुलमा १२ कक्षाका विद्यार्थी दिक्षित


घोराही, ६ जेठ । घोराहीमा रहेको गुरुकुल एकेडेमीका कक्षा १२ का विद्यार्थी दिक्षित भएका छन् । बिद्यालयका २०८० सालको १२ कक्षाको परीक्षामा सम्मिलित भएका बिद्यार्थीलाई दिक्षित गरिएको हो ।

बिद्यालयको प्रांगनमा शनिवार एक कार्यक्रम गरी दिक्षान्त कार्यक्रम सम्पन्न गरिएको हो । बिद्यालयका पहिलो ब्याचका विद्यार्थीहरुलाई दिक्षित गरिएको बिद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिएका छन । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डां बसन्त लामिछानेको प्रमुख आतिथ्यतामा भएको दिक्षान्त समारोहमा गुरुकुल एकेडेमी कक्षा १२ का ८० जना बिद्यार्थीहरु दिक्षित भएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि लामिछानेले दिक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुका साथै शिक्षा प्रणाली र अवसरहरुको खोजी गर्नुपर्ने बताए । उनले गुरुकुलले प्रदान गर्ने शिक्षाले हरेक अभिभावकले आफ्ना बालबालिकाको पढाई र शिक्षा प्रति निकै सन्तुष्ट भएको बताए । शिक्षा संस्कार र संस्कृति भन्ने मुल नारा र पूर्ण मानव श्रृजना गर्ने उद्धेश्यका साथ संचालनमा आएको गुरुकुल एकेडेमीले सुरुवाति बर्षदेखि नै राम्रो नतिजा हासिल गर्दै आएको भन्दै गुरुकुल एकेडेमीप्रति खुसी ब्यक्त गरेका थिए ।

दिक्षान्त कार्यक्रममा विद्यार्थीद्धय प्रकृति पोख्र्रेल र रोशन शर्माले गुरुकुलमा अध्ययण गर्दाको अनुभव र त्यँहा सिकेको बिभिन्न अतिरीक्त क्रियाकलापको बारेमा प्रष्ट पार्दै आफ्नो भनाई राखेका थिए । त्यस्तै अभिभावक निकुञ्ज न्यौपाने र खड्क केसीले शैक्षिक क्षेत्रमा गुरुकुल एकेडेमीको जस्तो राम्रो बातावरण अन्य बिद्यालयमा आफुले अनुभव नगरेको बताएका थिए ।

बिद्यालयका प्रिन्सीपल डा कृष्णराज डिसीले दिक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा बिद्यालयका शिक्षक महाविर जिएम र वासुदेव खत्रीले आफ्ना भनाई राखेका थिए । कार्यक्रममा विद्यार्थीहरुले मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । प्रधानाध्यापक डा कृष्णराज डिसीको अध्यक्षतामा भएको दिक्षित कार्यक्रममा बिद्यालय बिज्ञान संयोजक अजय शाहले स्वागत मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन शिक्षक बिद्यालयका ब्यबस्थापन संयोजक कृष्णदेव थापाले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad