Ad Area

महोत्सव सफल बनाउने सरोकारवालाहरुको प्रतिवद्धता


दाङ,७ जेठ। दाङमा हुन लागेको प्रथम राष्ट्रिय प्रथम बाल चलचित्र महोत्सवका लागि तयारीमा चलचित्र बिकास बोर्ड जुटेको छ ।

अगामी असार १–३ गते दाङमा हुन लागेको बाल चलचित्र महोत्सवका लागि बोर्डको टोली दाङ पुगेर आवश्यक तयारी थालेको हो । बार्डका प्रवक्ता केएल बुढाथोकी, बोर्डका सदस्य सचिव सहित ४ जनाको दाङ पुगेका टोलीले महोत्सवको तयारी स्वरुप पहिलो चरणमा जिल्लाका सरोकारवालसँग छलफल गरेको छ ।

बोर्डले आइतवार सरोकारवालहरुसँग गरेको छलफलमा बोर्डका प्रवक्ता केएल बुढाथोकीले बालबालिका माझ फिल्मको माध्यमबाट शिक्षा र संस्कृतिलाई उद्देश्यले पहिलो पटक महोत्सव गर्न लागेको जानकारी दिए । उनका अनुसार महोत्सवमा बालबालिकासँग सम्बन्धित तथा बालबालिकाले नै बनाएका लामा तथा छोटा शिक्षामूलक फिल्मको प्रदर्शनीका लागि देशभरबाट बालबालिका सम्बनधी चलचित्र समेत आह्वान गरिएको उनले बताए ।

त्यस्तै उनले फिल्म ज्ञान सम्बन्धी हाजिरीजवाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी एवं फोटो प्रदर्शनी तथा चलचित्र नृत्य प्रतियोगिता समेत हुने बोर्डका प्रवक्ता बुढाथोकीले बताए । महोत्सवमा ‘बालबालिकासँग भुवन केसी’ कार्यक्रम समेत गरिने बताए । उनले केहीदिनभित्रै विभिन्न उपसमितिहरु गठन गरेर महोत्सवका तयारी तीब्र गराइने जानकारी दिए ।

महोत्सवका मुल समितिका संयोजक समेत रहेका बोर्डका प्रवक्ता बुढाथोकीले बोर्डले दुरदराजसम्म फिल्म क्षेत्रको सम्भावना खोजी गर्न उद्देश्यले मोफसलमा महोत्सव आयोजन गर्न लागेको बताए । ‘मोफसल पनि सिनेमा सम्भावना खोज्न यस्ता कार्यक्रम गर्न लागिएको हो ।’ उनले भने ।

छलफलमा बोल्दै सरोकारवालाहरुले महोत्सवले बालबालिकालाई सन्देश मुलुक शिक्षा दिने र उनीहरुको रचात्मक विकासमा भूमिका खेल्ने बताए । उनीहरुले यस खालका महोत्सव हुनु जिल्लाको खुसी र गौरवको विषय भएको बताउँदै सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।

Blog Post Ad

जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले महोत्सवले बालबालिकालाई फिल्म सम्बन्धी ज्ञान दिन महत्वपूर्ण भूमिका रहेन बताए । बालबालिकालाई बालमनोविज्ञान विषयमा छलफल तथा बहस चलाउन सुझाए ।

प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले बालबालिका सम्बन्धी चेतना मुलक खालका फिल्महरु प्रर्दशनीमा राख्न सुझाव दिए । त्यस्ता सिनेमाले बालमनोविज्ञान बुझ्न सघाउँने र बालबालिकाले भोग्नु परेका समस्याहरुको चित्रण हुने बताए ।

छलफलमा जिल्लाका वैद्धिक व्यक्ति, कला साहित्य अनुरागी, सुरक्षाकर्मी, शिक्षा प्रेमी, व्यवासायी र सञ्चारकर्मीहरुको सहभागी थिए ।

कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य सचिव टंकबहादुर रावत, जिल्ला शिक्षा विकास समन्वय इकाईका प्रमुख देवमणी चौधरी, नेकपा माओवादी केन्द्रका जिल्ला सचिव विश्वराज आचार्य, कांग्रेसका जिल्ला सचिव अर्जुन योगी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, पूर्व अध्यक्ष सविन प्रियासन, सल्लाहाकार लक्ष्मी आचार्य, दाङ उद्योग वाणिज्य संघका महासचिव मेहेन्द्र बुढाथोकी लगायतले मन्तव्य व्यक्क्त गरेका थिए ।

Blog Post Ad Blog Post Ad