Ad Area

मावि सौडियारमा अनुगमन, ८ जना विद्यार्थी पढाउन ३ जना सकाको दरवन्दी


घोराही,७ जेठ । घोराही उपमहानगर शिक्षा महाशाखाको टोली घोराही–७ सौडियारस्थित मावि सौडियार स्कुलको अनुगमनका गरेको छ ।

अनुगमन टोली करिव साढे १२ बजे विद्यालय पुग्दा खाली घण्टी कारण विद्यार्थी विद्यालयको प्राङ्गणमा छरिएर बसेका भेटिएका थिए । उपमहानगरको शिक्षा शाखा प्रमुख नारायण पौडेलसहितको अनुगमन टोली विद्यालय पुगेको थियो ।

त्यस क्रममा प्राथमिक तहको पढाई र शिक्षण सिकाईको अवस्था हेर्न कक्षा ३ मा पुगेका थिए । उक्त कक्षामा गणित विषय पढाइ रहेका थिए, प्रावि शिक्षक बामदेव पोखरेल । पोखरेलको कक्षा अवलोकन गर्ने क्रममा शिक्षा शाखा प्रमुख पौडेलले सोही कक्षामा अध्ययनरत विद्यार्थीलाई जोड घटाउ गर्न लगाए । तर विद्यार्थीले सामान्य जोड घटाउ पनि जानेन् ।

विद्यार्थीले जोड घटाउ नजानेपछि कक्षा अवलोकनमा पुगेका पौडेलले नेपाली मिडियमका प्राविका शिक्षक पोखरेललाई सुझाव दिदै भने–‘सरले पढाउनका लागि पढाउनु त भयोे, तर सिकाउनु भएन । अहिलेसम्म पढाउदा पनि जोड घटाउन नजान्ने कस्तो पढाइ हो । शिक्षण सिकाई ठिक भएन् ।’ पौडेलले विद्यालयका शिक्षकको हाजिरी वारे पनि सोधिखोजी गरे ।

अनुगमनका क्रममा शिक्षक मोति केसी निवेदन दिएर विदामा बसेको र अन्य सबै शिक्षक उपस्थिती रहेको पाईएको बताउदै विद्यालयका चार वटा कक्षाहरु खाली हुँदा शिक्षकहरु भने विद्यालयको अफिसमा बसेर कुराकानीमा बेस्त रहेको भेटिएका थिए ।

खाली कक्षा हुँदाहुँदै पनि शिक्षकहरु अनावश्यक गफहरु गरेर कार्यालयमा बसेपछि पौडेलले तत्काल खाली कक्षामा गई पढाउन शिक्षकलाई निर्देशन दिएका थिए । त्यस्तै विद्यालयमा दिवा खाजा कार्यक्रमको रुटिन अनुसार नै खुवाईएको पनि उनले बताए । विद्यालय ब्यवस्थापन समितिले शिक्षा सुधार गर्नका लागि ल्याएका कार्यक्रमहरुलाई कार्यान्वयन तहमा लगेर सहयोग र समन्वय गर्न पौडेलले निर्देशन दिए ।

Blog Post Ad

उनीसँगै अनुगमनमा शिक्षा शाखाकै कर्मचारी घनश्याम वली, सिता शर्मा, विद्यालय ब्यवस्थापन समिति सदस्य जिउधन चौधरी, शैक्षिक अनुगमन समितिका लोकबहादुर कुवर पुगेका थिए । त्यस अवसरमा विब्यस सदस्य चौधरी र शैक्षिक अनुगमन समितिका सदस्य कुवरले विद्यालयमा भौतिक पूर्वाधार, खानेपानी र शौचालय आवश्यक रहेको जानकारी गराएका थिए ।

अनुगमन समितिले विद्यालयको वाल विकास केन्द्रमा अत्यन्तै न्युन विद्यार्थी रहेकाले विद्यार्थी सख्या नबढे दरवन्दी अनेत्र जाने बताएका थिए । बाल विकास केन्द्रमा ३ जना सकाको दरवन्दी रहेता पनि विद्यालयमा ८ जना वालवालिकाले पढ्दै आएका छन् । साथै शाखा प्रमुख पौडेलले विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमलाई चुस्तदुरुस्त प्रशासन राख्न र विद्यालय ब्यवस्थापन समितिको योजना अनुसार काम गर्न निर्देशन दिएको थियो ।

Blog Post Ad Blog Post Ad