Ad Area

लुम्बिनी प्रदेशमा आज मन्त्रीपरिषद विस्तार हुने


दाङ, ८ जेठ । लुम्बिनी प्रदेशमा आज मन्त्रीपरिषद विस्तार हुने भएको छ । आइतबार बसेको मन्त्रीपरिषदको बैठकले थप २ मन्त्री थप गर्ने निणर्य गरेको हो ।

काँग्रेसबाट राजु खनाल र जसपाबाट भण्डारीलाल अहिरलाई मन्त्री बनाउने तयारी छ । त्यसकालागि अपरान्ह ४ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण कार्यक्रम तय गरिएको छ ।

त्यस्तै यस अघि मन्त्री हुनु भएका नागरिक उन्मुक्ती पार्टीका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिने समेत मन्त्रीपरिषदको निणर्य भएको छ । लुम्बिनी प्रदेशमा १० वटा मन्त्रालय रहेका छन् । ति मन्त्रालयमा थपघट पनि नगर्ने र राज्यमन्त्री पनि नराख्ने समेत निणर्य भएको छ ।

सोही अनुसार काँग्रेसले मुख्यमन्त्रीसहित ४ वटा, माओवादी केन्द्रले ३ वटा, नागरिक उन्मुक्ती पार्टी, जसपा र लोसपाले १/१ वटा मन्त्रालय लिने सहमति भएको समेत सरकारका प्रबक्ता सन्तोष कुमार पाण्डेयले बताए । काँग्रेसबाट अझ २ र माओवादी केन्द्रबाट २ जना मन्त्रीको नाम टुंगिसकेको छैन । जसले गर्दा अझै पनि मन्त्री परिषदले पूणर्ता पाउन सकेको छैन ।

यसअघि माओवादी केन्द्रबाट मास्की आर्थिक मामिला मन्त्री भइसकेका छन्, भने लोसपाबाट पाण्डेय मन्त्री छन् । काँग्रेस, माओवादी केन्द्रसहित बिभिन्न ८ दल र एक स्वतन्त्र साँंसद गरि ५३ जनाको समर्थनमा काँग्रेसका डिल्ली बहादुर चौधरी मुख्यमन्त्री भएका छन ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad