Ad Area

आधारभुत बिद्यालय मर्पेसमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न


घोराही, १२ जेठ ।

बंगलाचुली गाउँपालिका–२ स्थित आधारभुत बिद्यालय मर्पेसले वार्षिक पुरस्कार वितरण कार्यक्रम गरेको छ । विद्यालयमा आयोजना गरिएका प्रतियोगिताका विजेताहरुलाई शुक्रवार औपचारिक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिएको हो । स्वर्गीय शिक्षक भागकुमार पुनको सम्झनामा उनका घरपरिवारले अक्षकोष स्थापना गरेका छन् ।

कोषवाट आउने व्याजले एक कक्षा देखि ८ कक्षामा प्रथम तथा विद्यालय प्रथम हुने विद्यार्थीलाई विद्यालयले केही रकम थप गरी पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा कक्षा दृतीय, तृतीय स्थान प्राप्त गर्ने विद्यार्थी, विभिन्न अतिरिक्त क्रियाकलापहरुमा प्रथम, दृतिय, तृतीय तथा सान्त्वना हुने बिद्यार्थीहरुलाई प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा स्वर्गीय शिक्षकका पुनका बुवा तेज बहादुर पुन लगाएत परिवारलाइ खादा र कदरपत्रले सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल लुम्बिनी प्रदेश सदस्य बलदेव मल्लको अध्यक्षता तथा बंगलाचुली गाउँ पालिका वडा नम्बर–२का अध्यक्ष मैते पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष खेतुलाल बिक, विद्यालयका प्रधानाध्यापक तेज बहादुर मल्ल, शिक्षक अभिभावक संघका अध्यक्ष रेशम थापा, पुर्व अध्यक्ष नर बहादुर सुनार, शिक्षिका पदमा कुवर, अक्षकोष दाताको तर्फबाट स्व.शिक्षक पुनका कान्छाबुवा कमिक पुन लगायतले आफ्नो भनाइ राख्नुभएको थियो । शिक्षक भिम बहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक गुरु प्रसाद बिस्टले गर्नुभएको थियो ।