Ad Area

नौ सदस्यीय सल्लाहकार समिति गठन


दाङ,२३ जेठ । नौ सदस्य सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । ग्रामीण महिला उत्थान केन्द्र दाङ र आईडी नेपालसँगको साझेदारीमा संचालन भईरहेको रिपलान्ट परियोजनाअन्र्तगत तुलसीपुर उपमहागरपालिकाका नगर प्रमुख टिकाराम खड्काको संयोजकत्वमा पालिकास्तरीय नौ सदस्यीय परियोजना सल्लाहाकार समिति गठन गरिएको हो ।

सल्लाहाकार समितिको बैठकले मंगलवार तुलसीपुर उपमहानगरपालिकाको बिभिन्न वडाहरुमा परियोजनाअन्र्तगत संचालन भईरहेको कृषि क्रियाकलापहरुको अनुगमन गरेको छ । जसमध्य तुलसीपुर ११ मोतिपुरमा गरिएको पिक्स ब्याग अन्न भण्डारणको अनुगमन र एकिकृत शत्रुजीब ब्यवस्थापन कार्यक्रम (मकै बाली) को नगर प्रमुख खड्का, उपप्रमुख स्यानी चौधरीसहितको टोलीले अनुगमन तथा अवलोकन गरेको हो ।

फिल्ड अनुगमन तथा अवलोकन पश्चात गरिएको औपचारिक कार्यक्रममा कार्यक्रममा समितिका संयोजक एवं नगर प्रमुख टिकाराम खड्काले उपमहानगरले आर्थिक समृद्धिका लागी गर्दै आएको कार्यक्रममा संघ संस्थाहरुले पनि हातेमालो गरेको आर्थिक समृद्धिमा सहयोग पु¥याउने काम गरेको बताएका थिए । उनले कृषि उत्पादनसँगै बजारीकरणका सवालमा संस्थाहरुले पनि सक्दो सहयोग गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रमुख स्यानी चौधरीले कृषकहरुको उत्थान तथा आर्थिक समृद्धिका कृषि तालिमसँगै उत्पादन र बजारीकरणमा सहयोग गर्नुपर्ने बताएकी थिइन । रिपलान्ट परियोजनाका कार्यक्रम संयोजक एच.बि.थापाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण रिपलान्ट परियोजनाका सुपरभाईजर अर्बिन चौधरीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad