Ad Area

घोराही नगर खेलकुद विकास समितिको संयोजकमा पुन मनोनित


दाङ,२४ जेठ । घोराही उपमहानगरपालिका नगर खेलकुद विकास समितिको संयोजकमा नरेन्द्र पुनमगर चयन भएका छन् ।

घोराही उपमहानगरपालिका–१४ निवासी पुनमगरलाई घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले आज बुधवार नगर खेलकुद विकास समितिको संयोजकमा मनोनयन गरेका हुन ।

घोराही उपमहानगरपालिकाको नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि २०७९ को दफा ३ को उपदफा (१) बमोजिम समितिको संयोजकमा मनोनयन गरिएको नगर प्रमुख नरुलाल चौधरीद्वारा हस्ताक्षेरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

लामो समयदेखि खेलकुद क्षेत्रमा संक्रिय पुन दाङ जिल्ला फुटवल संघका निवर्तमान महासचिव एवं नवलपुर फुटवल एकेडेमीका सचिव हुन । उनी फुटवलका पूर्व राष्ट्रिय खेलाडी समेत हुन ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad