Ad Area

घरमा आगलागी हुँदा ८ लाखको क्षति


दिनेश रैदास दाङ
देउखुरी, २७ जेठ । दाङको देउखरीको आगलागी हुँदा नौ लाख बराबरको क्षेती भएको छ । राजपुर गाउँपालिका वडा नं ५ महतेनी खोला पण्डितबासे बस्ने टेकबहादुर बुढा मगरको घरमा गएराति अचानक आगलागी हुँदा दुई तल्ले घरको खरको छाना भएको घर जलेर नष्ट हुँदा आठ लाख बराबरको क्षति भएको प्रहरी चौकी चङ्गुवाले जानकरी गराएको छ।

आगलागीबाट खरको छाना भएको दुई तल्ले घर उक्त घरमा भएको गास, बास, लत्ताकपडाका साथै धान २ क्विन्टल, चामल २ क्विन्टल, गहुँ ४ क्विन्टल, तोरी १ क्विन्टल, मसुरो ५० केजी, बेसार ३ किलो, नगद ३४ गरी दुई लाख पचास हजार र घर पाँच लाख पचास हजार गरी जम्मा आठ लाख बराबरको क्षति भएको प्रहरीले जानकरी गराएको छ। साथै आगलागि बाट नेपाली नागरीकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, विद्यार्थीका मार्कसिटलगायत कागजात जलेर नष्ट भएको प्रहरीले जानकरी दिइएको छ।

अन्दाजी राती ११ बजे भएको सो आगलागिबाट घरका साथै बाख्राको खोर पनि जलेर नष्ट भएको छ। आगलागी समयमा माथिल्लो तल्लामा सुतेका नाबालक छोराहरु एक्कासी चिच्याए पछि आमाले थाहा पाएकी थिइन । टेकबहादुर बुढा भने मजदुरी गर्न मनाङ जिल्लामा रहेका छन।

Blog Post Ad Blog Post Ad