Ad Area

भरतपुर खानेपानीको नयाँ ट्याङ्की हस्तान्तरण


घोराही, २७ जेठ ।  भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिले तोकिएको समयमा खानेपानी आयोजना सम्पन्न गरेको छ । घोराही उपमहानरपालिकामार्फत नेपाल सरकारको ससर्त अनुदानमा २४ लाख ९५ हजार ५ सय ६३ हजारको लागतमा तयार भएको हो ।
समितिका अध्यक्ष शंकर गौतमको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले पानीको श्रोत सुकिरहेको अवस्थामा पानीको संरक्षण गरेर भरतपुर खानेपानीले राम्रो काम गर्दै आएको बताउनुभयो ।
भरतपुर खानेपानीले सामाजिक क्षेत्रमा राम्रो काम गर्दै उपभोक्तालाई सहज तरिकाबाट पानी पुर्याएकोमा धन्यवाद दिनुभयो । घोराहीमा पानीको समस्या हुन नदिन भरतपुर खानेपानीले व्यवस्थित रुपमा काम गरेको र कार्यसमितिको लगनशिलताले नयाँ बोरिङ समयमा सम्पन्न भएर हस्तान्तरण गर्ने सफल भएको बताउनुभयो ।
सोही कार्यक्रममा विशिष्ट अतिथि घोराही उपमहानगरपालिका उपप्रमुख  हुमा डिसीले खानेपानी मानिसको महत्वपूर्ण भूमिका हुने भएकाले भरतपुर खानेपानीले पानीको मुहान संरक्षण गरेर पानीको ब्यबस्थापन गरेको बताउनुभयो । उहाँले सबैको घरघरमा सहज तरिकाले पानी पुर्याउने काम गरेकोमा खुशी व्यक्ति गर्नुभयो ।
भरतपुर खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष गौतमले १४ सय घरधुरीलाई भरतपुर खानेपानीले सेवा दिएको बताउनुभयो । पाईपलाइन विस्तारको काम समितीले गर्नुपर्ने अवस्थामा भएकाले नगरपलिकाले सहयोग गरेमा पाइप विस्तार गर्न सजिलो हुने बताउनुभयो । गर्मी सिजनमा दिनमा चार घण्टा पानी वितरण गर्ने उद्देश्यले नयाँ पानी ट्याङकी तयार गरिएको बताउनुभयो ।
२०७९ चैत २ गते आयोजना सम्झौता भएर २०८० जेठ १२ गते सम्पन्न भएको जानकारी दिनुभयो । सहसचिव मीनराज लम्सालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव यकेन्द्र बहादुर रानाले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad