Ad Area

स्वास्थ्यकर्मीलाई मनोसामाजिक अभिमुखीकरण


घोराही, २७ जेठ । घोराही उपमहानगरपालिका अन्तरगत सुरक्षित आप्रवासन (सामी) शाखाको आयोजनामा शनिबार घोराही क्षेत्रका स्वास्थ्यकर्मीहरूका लागि मनोसामाजिक परामर्श सम्बन्धि अभिमुखीकरण गरिएको छ ।
नगरप्रमुख नरूलाल चोैधरीको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका प्रशासकीय अधिकृत भोजराज घिमिरेले बैदेशिक रोजगारको पछिल्लो अवस्था, वैदेशिक रोजगार सम्बन्धी ऐन, कानुन, नीतिगत व्यवस्थाहरूको बारेमा अभिमुखीकरण गर्नु भएको थियो । उहाँले वैदेशिक रोजगारको विषयमा स्थानीय पालिकाको काम, कर्तव्य र अधिकार बारे जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा मनोसामाजिक परामर्शकर्ता विनय महर्जनले मानसिक स्वास्थ्यको समग्र अवस्था, मानसिक स्वास्थ्य सम्वन्धी कानुनी तथा नितीगत व्यवस्था, मानसिक स्वास्थ्यका कारण बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले मानसिक स्वास्थ्य सुधारका लागि स्वास्थकर्मीको भुमिका अहम् हुने बताउनु भएको थियो ।

सामी कार्यक्रमकी संयोजक वसन्ती पुनको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सामी फोकल पर्सन बासुदेव आचार्यले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad