Ad Area

रोल्पा मार्शल आर्ट्स हाप्किडोद्वारा प्रशिक्षक तथा सल्लाकार छनोट


सुरेन्द्र वली
रोल्पा,२८ जेठ । रोल्पा मार्शल आर्ट्स हाप्किडोद्वारा प्रशिक्षक तथा सल्लाकार छनोट गरेको छ । रोल्पा मार्सल आर्ट्स हाप्किडो संघले रोल्पाको होलेरीमा प्रशिक्षक तथा सल्लाहकार छनोट कार्यक्रमको आयोजना गरेर सल्लाहकार एवं प्रशिक्ष रुन्टिगढी गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।

रोल्पा मार्सल आर्ट्स हाप्किडो संघका अध्यक्ष बिकास बाठामगरको अध्यक्षताम तथा रुन्टिगदी गाउँपालिका अध्यक्ष जनक पुनमगरको प्रमुख आतिथ्यतामा एवं रुरुरु
्ररुन्टिगदी गाउँपालिका उपाध्यक्ष सरिता केसीको विशिष्ट आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा रुन्टिगदी गाउँपालिका २ का वडा अध्यक्ष भिउलाल पुन, रुन्टिगदी गाउँपालिका ९ का वडा अध्यक्ष चेतलाल पुन, रुन्टिगढी गाउँपालिका ७ का नेपाली काङ्ग्रेसका पूर्व सभापती देबेन्द्र बोहोरा, रुन्टिगढी गाउँपालिका लेखापाल गोपाल पोखरेललगायत प्रशिक्षक खेलाडी सुरक्षा कर्मी पत्रकार लगायत उपस्थिति रहेको थियो ।

रोल्पा मार्सल आर्ट्स हाप्किडो संघको प्रमुख प्रशिक्षक सिर्जना बुढा मगर र प्रशिक्षकहरु भिमसेन घर्ती मगर, निशा पुनमगर, नबिना घर्ती, महेन्द्र बुढा, अनुस्का पुन,उमेश कार्की प्रशिक्षकमा नियुक्त गरिएको हो ।

रोल्पा मार्सल आर्ट्स हाप्किडो संघको सल्लाहकारमा एलिया परियार नियुक्त भएका छन् । रोल्पा मार्सल आर्ट्स हाप्किडो संघको प्रशिक्षक तथा सल्लाहकार छनोट कार्यक्रममा रुन्टिगढी गाउँपालिका, रुन्टिगढी गाउँपालिका सबै वडा र सात वडा दोजाङ रहेका बिधालयलाई सम्मान पत्र समेत वितरण गरिएको थियो।
रोल्पा मार्सल आर्ट्स हाप्किडो संघका सचिव सुरेन्द्र वलीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सञ्चालन रोल्पा मार्सल आर्ट्स हाप्किडो संघका सदस्य निर्मला बुढा मगरले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad