Ad Area

स्वर्गद्वारी दर्शन गरेर फर्कदै गरेको गाडी दुर्घटना


प्युठान,२९ जेठ । प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटनामा परेको छ ।

लु १ च ६३४५ नम्बर को ८ जना सवार गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा सडकबाट तल खसेर दुर्घटना भएको हो । गाडीमा दाङको लमही नगरपालिका– ५ निवासी २ महिला, २ पुरुष र ४ बालबालिका सवार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेकालाई उद्धार गरेर अस्पताल लगिँदै गरेको र उनीहरुको अवस्था अहिलेसम्म एकीन नभएको जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी सुवास खड्काले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad