Ad Area

अल्फा तेक्वान्दोलाई एक स्वर्णसहित चार पदक


दाङ,३० जेठ । ललितपुरमा भएका भएको प्रथम एनटिए. खुल्ला क्यरोगी लिग तेक्वान्दो प्रतियोगितामा अल्फा तेक्वान्दो डोजाङ घोराहीले एक स्वर्णसहित चार पदक जितेको छ ।

नेपाल तेक्वान्दो सघको आयोजनामा भएको प्रतियोगितामा अल्फा तेक्वान्दो डोजाङबाट सहभागी भएका खेलाडी बिनम मगरले स्वर्ण पदक जितेकी छिन । मगरले महिला ६७ केजी तौल समूहमा स्वर्ण पदक जितेकी हुन ।

त्यसैगरी निर्मला बुढामगरले ६२ केजी तौल समूहमा द्धितिय स्थान हासिल गरेकी हुन । त्यसैगरी प्रतियोगितामा रोजित खड्काले पुरुष ३३ केजी तौल समूहमा द्धितिय र कमलकुमार क्षेत्रीले पुरुष ४८ केजी तौल समूहमा तृतीय स्थान प्राप्त गरेको अल्फा तेक्वान्दो डोजाङ घोराहीकी प्रशिक्षक तथा खेलाडी सुनिता विष्टले जानकारी दिएकी छिन् ।

प्रतियोगिता यहि जेठको २५ गतेदेखि २८ गतेसम्म ललितपुरको सात दोवाटोस्थीत कवर्ड हलमा सञ्चालन भएको थियो । प्रतियोगितामा दाङबाट ३२ जना खेलाडीहरुको सहभागीता रहेको थियो ।

Blog Post Ad Blog Post Ad