Ad Area

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ पढाई सुरु


घोराही, ३२ जेठ। दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ अध्ययन–अध्यापन सुरु गरेको छ । स्थापना भएको ६ वर्षपछि प्रतिष्ठानले बिएससी नर्सिङ र बिएनएस कक्षामा भर्ना भएका विद्यार्थीहरूलाई पठनपाठन सुरु गरेको हो ।

प्रतिष्ठानमा पहिलो वर्ष बिएससी नर्सिङ र बिएनएसतर्फ २०÷२० जना विद्यार्थीहरू गरेर ४० जना भएका छन् । ४ वर्षीय बिएससी नर्सिङ र ३ वर्षीय बिएनएस कक्षामा हरेक वर्ष १५ जना नेपाल सरकारको छात्रवृत्ति प्राप्त र ५ जना पेइङमा अध्ययन गर्ने विद्यार्थीहरू भर्ना हुन पाउने व्यवस्था गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा। डा। विकास लामिछानेले जानकारी दिनुभएको छ।

तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताललाई २०७४ असोज १२ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा स्तरोन्नति गरिएको थियो । राप्ती उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेसँगै नर्सिङ अध्ययन अध्यापनको चर्चा चलेपनि लामो समयसम्म अध्ययन हुन सकेको थिएन । प्रतिष्ठानको भौतिक पूर्वाधार निर्माणसँगै यस वर्षदेखि पठनपाठन सुरु भएको उपकुलपति प्रा।डा। लामिछानेले बताउनुभयो । उपकुलपति डा लामिछानेले भन्नुभयो, ूप्रतिष्ठान स्थापना भएको लामो समय भइसक्दा पनि शैक्षिक कार्यक्रमहरू सञ्चालन हुन सकेको थिएनन् । जसले गर्दा पढाई हुन्छ कि हुँदैन भन्ने अन्योल थियो । त्यही अन्योललाई चिर्दै हामीले पढाई सुरु गरेका छौँ ।ू

पूर्वाधार विकास अभावका कारण हालसम्म शैक्षिक कार्यक्रमअन्तर्गत बिएससी नर्सिङ र बिएनएस कक्षा मात्रै सुरु गरेको भन्दै उपकुलपति डा। लामिछाने पूर्वाधार थप भएसँगै विशेषज्ञ चिकित्सक शिक्षा अध्ययन पनि सञ्चालन गर्ने बताउनुभयो । प्रतिष्ठानका उपकुलपति प्रा।डा।लामिछानेले भन्नुभयो, ूविशेषज्ञ चिकित्सक शिक्षा अध्ययन कक्षा सञ्चालनका लागि हामीसँग भवन छैन । भवन निर्माणका लागि सरकारले बजेट विनियोजन गरेको छ । प्रतिष्ठानको गुरुयोजना अनुसार चार सय बेडको ८ तले भवन निर्माणसँगै एमबिबिएस कक्षा पठनपाठन सुरु गर्छौँ।

कक्षा शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सुरुसँगै स्वास्थ्य क्षेत्रको विकासका भूमिका खेल्ने बताउनुभएको थियो । अहिलेसम्म जिल्लामा नर्सिङसम्मका कक्षाहरू पढाई हुने गरेपनि बि।एस।सी नर्सिङ तथा बिएनएस कक्षा नयाँ भएकाले यसले जिल्लामा स्वास्थ्य जनशक्ति उत्पादनमा समेत सहयोग पुर्‍याउने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad