Ad Area

केराका बोट ढल्दा, दुई लाख बढीको क्षती


दाङ, २ असार । दाङको देउखुरीमा हावाले केराका बोट ढाल्दा दुई लाख बढीको क्षेती भएको छ । जेठ ३१ गतेदेखि असारको १ गतेसम्म तीन दिनको अवधिमा गढवा गाउँपालिका वडा नं. ३ खैरेनीस्थीत एम.डि.टि.आर. कृषि फर्ममा रोपिएका डेढ सय बढी केराका बोटहरु ढेलेको सञ्चालक डिल्लीबहादुर रावतले जानकारी दिएका छन् ।

करिव आठ कट्ठा क्षेत्रमा रोपेका विरुवाहरुमध्ये फल लागेका र फल्न सुरु गरेका करिव एक सय ५० बोटहरु हावाले ढालेको उनले बताए । ‘गर्मीमा केराका लागि पानीको आवश्यकता पर्छ । तर डिपबोरिङ विग्रिएका कारण सिचाई गर्न सकिएन्’,सञ्चालक रावतले भने,‘जस्ले गर्दा केराका बोटहरु किरा लाग्ने र हावाले ढाल्ने गरेको छ ।’

करिव तीन बर्षअघि जिल्लामै पहिलो पटक रातो केराको व्यवसायीक खेती गरेका रावतले उत्पादन दिने समयमा केराका बोटहरु ढल्दा ठुलो क्षती भएको बताउँछन् ।

‘पहिलो लटमा रोपेका एक सय मध्येका विरुवाहरु फल्न सुरु गरेका थिए, विक्री पनि राम्रो भैरहेको थियो’,उनले भने,‘तर हावाले विरुवा ढालिदिएपछि ठुलो क्षेती भएको छ ।’ रावतले तीन कट्ठा आफ्नो र पाँच कट्ठा भाडामा जग्गा लिएर व्यवसायीक रातो केराको खेती गर्दै आएका थिए ।\

‘एक विरुवामा पाँचदेखि छ दर्जनजति केराहरु फल्ने गरेका थिए । विक्री पनि राम्रै हुने गरेको थियो’,उनले भने,‘तर फल्ने रुखनै ढलेपछि ठुलो नोक्सान भएको छ ।’ जिल्लामा रातो केरा एक सय ८० रुपैया दर्जन विक्री हुने गरेको उनी बताउँछन् ।

किसान रावतका अनुसार अव फर्ममा करिव डेढ सय विरुवाहरु रहेको जानकारी दिए । उनले व्यवसायीक केरा खेतीसँगै तरकारी खेती समेत गर्दै आएका छन् । पहिलो पटक तीन बर्षअघि चितवनबाट रातो केराको विरुवा दाङ ल्याएर व्यवसायी खेती सुरु गरेको उनले बताए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad