Ad Area

दीक्षान्त समारोह सफल बनाउन सहयोग गर्ने सबैमा कृतज्ञता ज्ञापन


दाङ, १ असार। नेपाल संस्कृत विश्वविद्यालयले दीक्षान्त समारोह सम्पन्न गर्न भूमिका खेल्ने सम्पूर्णप्रति आभार एवं कृतज्ञता ज्ञापन गरेको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादवप्रकाश लामिछानेले शुक्रबार विज्ञप्ति जारी गरी दीक्षान्त समारोह सफल बनाउने सम्पूर्ण व्यक्ति र संघसंस्थाप्रति आभार एवं कृतज्ञता प्रदान गर्नुभएको छ ।

‘जेठ ३१ गते आयोजना गरेको पाँचौं दीक्षान्त समारोहलाई भव्यरुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णप्रति हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्दछौं । विगत १२ वर्षदेखि विविध कारणले रोकिँदै आएको दीक्षान्त समारोहमा सहभागी भई हामीलाई हौसला प्रदान गर्नुहुने विश्वविद्यालयका कुलपति एवं सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल, सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीका कुलपति प्राध्यापक डाक्टर हरेराम त्रिपाठी, नेपाल संस्कृत विश्वविद्यालयका सहकुलपति नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई, नेपाल संस्कृत विश्वविद्यालयका सभासदहरु, लुम्बिनी प्रदेशका माननीय प्रदेश प्रमुख अमिक शेरचन, माननीय मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, माननीय प्रदेश सभामुख तुलाराम घर्ती मगर, पूर्व मुख्यमन्त्रीहरु, संघ र प्रदेश सभाका माननीय सदस्यहरु, जनप्रतिनिधिहरु, राजनीतिक दल, सुरक्षा निकाय, सञ्चारकर्मी, उच्च पदस्थ सरकारी अधिकारीहरुप्रति विश्वविद्यालयको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु’, उपकुलपति डा. लामिछानेद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

दीक्षान्त समारोहमा १० वटा शैक्षिक सत्रमा विद्यावारिधि, आचार्य, शास्त्री, विएएमएस, एकवर्षे शिक्षाशास्त्रीमा उत्तीर्ण ४७७३ जनामध्ये दीक्षित हुनका लागि आवेदन दिनुभएका ५ सय ७५ जना विद्यार्थीलाई दीक्षित गरेको र प्रत्येकवर्ष उत्कृष्ट अंक लिन सफल विद्यार्थीलाई ६२ वटा स्वर्णपदक प्रदान गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘विश्वविद्यालयका लागि दीक्षान्त अत्यन्तै महत्त्वपूर्ण समारोह भएकाले यसको महत्त्व बुझेर यसलाई सफल बनाई विश्वविद्यालयको समग्र प्राज्ञिक भविष्य उज्ज्वल बनाउने विश्वविद्यालय परिवार एवं सम्पूर्ण शुभेच्छुकहरुप्रति विश्वविद्यालय आभार प्रकट गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

विश्वविद्यालय राज्यको महत्त्वपूर्ण सम्पत्ति र धरोहर भन्दै उपकुलपति डा. लामिछानेले पूर्वीय भाषा, साहित्य र वाङ्मयको संरक्षण र विकासका लागि नेपाल संस्कृत विश्वविद्यालयको विकास हुनु नितान्त आवश्यक बताउनुभएको छ । ‘१२ वर्षको अन्तरालमा भएको दीक्षान्त समारोह सबैको सहयोगबाट सफल भएको हाम्रो बुझाई रहेको छ । अन्त्यमा आगामी दिनमा पनि यस्तै सकारात्मक सहयोगको अपेक्षा गर्दै दीक्षान्त समारोह सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति तथा संघसंस्थाहरु हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दछुु’, विज्ञप्तिमा भनिएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad