Ad Area

चलचित्र विकास बोर्ड अधिकार विहिन : अध्यक्ष भुवन केसी


घोराही, २ असार । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्ड अधिकार विहिन हुँदा सोचे अनुसार काम गर्न नसकेको बताएका छन् ।

चलचित्र पत्रकार संघ दाङले शनिवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केसीले चलचित्र विकास बोर्डलाई स्वायत नबनाउँदासम्म चलचित्र क्षेत्रको विकास हुन नसक्ने बताएका हुन । उनले चार दशक पहिले बनेको बोर्डको नीतिका कारण अहिलेसम्म चलचित्र क्षेत्रको नीतिगत विकास हुन नसकेको उनले बताए । चलचित्र विकास बोर्डका अध्यक्ष केसीले भने,‘विकास बोर्ड अधिकार विहिन छ । यसलाई समय सापेक्ष परिमार्जन गरेमात्र चलचित्र क्षेत्रको विकास हुन सक्छ ।’

नायक केसीले चलचित्र क्षेत्रका समस्या चुनौती र नीतिगत विषयहरूलाई सुधार्न आफु विकास वोर्डको अध्यक्ष भएपनि अधिकार विहिन भएकाले काम गर्न नसकेको बताए । उनले चलचित्र क्षेत्रमा केही गर्छु भनि योजनाका साथ आउनेहरुका लागि वर्तमान अवस्थामै काम गर्न कठिनाई भएको बताए ।
उनले पछिल्लो समय नेपाली चलचित्रको स्तर अन्तराष्ट्रिय क्षेत्रमा प्रतिष्पर्धा गर्न लायक भएको बताए ।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षयतामा भएको कार्यक्रममा बोल्दै नायक केसीले नेपाली चलचित्रले नेपाली भाषा, संस्कृति, रितिरिवाजलाई विश्व सामु चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

कार्यक्रममा चलचित्र विकास बोर्डका प्रवक्ता केएल बुढाथोकी, चलचित्र निर्माता निर्देश तथा कलाकार मुनाल घिमीरे, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्षय सन्तोष सुवेदीलगायतले चलचित्र क्षेत्रको माध्यबाट पर्यटन प्रवद्धन र अर्थतन्त्रको विकास हुने बताएका थिए । चलचित्र पत्रकार संघ नेपाल दाङका निवर्तमान अध्यक्षय शिव पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघको सचिव निरला अर्यालले गरेकी थिइन ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad