Ad Area

कृषकलाई अनुदानमा कृषि औजार वितरण


घोराही, ५ असार । कृषी उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले दाङको घोराही उपमहानगरपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ ।
उपमहानगरपालिकाले १९ वडाका ६२ जना किसानलाई ४० लाख मुल्य बरावरको कृषी औजार उपकरण वितरण गरेको हो । कृषीमा प्रविधिको प्रयोग बढाउँदै उत्पादनमा वृद्धि गर्ने लक्ष्यका साथ ५० प्रतिशत अनुदानमा कृषि औजार कृषकलाई वितरण गरेको छ ।

५० प्रतिशत अनुदानमा ३६ वटा पावर टेलर, २० वटा मिनी पावर टेलर, एउटा रोडाभेटर र २ वटा थ्रेसर मेसिन उपलब्ध गराएको छ । त्यसैगरी, ८५ प्रतिशत अनुदानमा ११ वटा पम्पसेट र १२ वटा मोटर हस्तान्तरण गरेको घोराही उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख चोपनारायण खनालले जानकारी दिनुभएको छ । उनका अनुसार १ करोड १९ लाख ८५ हजार रुपैयाँमा टेण्डर भएकोमा ९५ लाख ९५ हजार ९९० रुपैयाँमा स्विकृती भएको थियो । नगरको तर्फबाट ४९ लाख ७३ हजार ४६० रुपैयाँ कृषकहरुलाई अनुदान दिइएको शाखा प्रमुख खनालले बताएका छन् ।

कृषकलाई कृषि औजार वितरण गर्दै नगर प्रमुख नरुलाल चौधरीले कृषियन्त्रको सदुपयोग गर्दै कृषि तथा पशुपालन क्षेत्रको परिवर्तनमा लाग्न आग्रह गरेका थिए । कृषिमा आधुनिकरणका लागि प्रविधिमा सहयोग गर्ने तर उत्पादनमा वृद्धि हुन नसके उपलव्धी नहुने भन्दै प्रविधिको प्रयोगका माध्यमबाट उत्पादन बढाउन किसानलाई आग्रह गरे ।

घोराही उपमहानगरपालिकाले पछिल्नो ४ वर्षमा पालिकाका १ सय ६८ जना किसानहरुलाई बिभिन्न औजार उपकरण बितरण गरिसकिएको घोराही उपमहानगरपालिकाको कृषी शाखाका प्रमुख खनालले जानकारी दिए । घोराही उपमहानगरपालिकाले प्रत्येक बर्ष अनुदानमा किसानलाई कृषि उपकरण वितरण गर्दै आएको छ ।

Blog Post Ad Blog Post Ad