Ad Area

विकट गाउँका महिला जुटे सरसफाईमा


पार्वती बस्नेत
दाङ, १९ असार । सबेरै उठेकी सम्झना चौधरी घरको बिहानको सबै काम सकेर टोल सरसफाईमा पुग्ने गरेकी छिन् । सम्झना राजपुर गाउँपालिका वडा नम्बर ४ उत्तरदुलैयामा गठन भएको सुनछहारी उद्यमी महिला समूहकी अध्यक्ष हुन् ।

घरको सरसफाईका लागि शनिवारको दिनलाई साँच्ने गरेका छौँ तर घरको सरसफाई गरेपनि आप्mनो गाउँ टोल वरपर सरसफाई गर्न न हामीलाई जाँगर चल्छ न त रहर नै । तर राजपुर गाउँपालिकाका महिला भने आफनो गाउँ टोल सरसफाई गर्ने रहर जागेको छ ।

आफ्नो गाउँ टोल सफा बनाउने रहर जगाएको हो, ग्रामीण महिला उत्थान केन्द्र दाङ, हेफर प्रोजेक्ट नेपाल र राजपुर गाउँपालिकाद्वारा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी विकास परियोजनाले । म को हु ? मेरो जन्म किन भएको हो ? गाउँ, समाज र परिवारप्रति मेरो उत्तरदायित्व के हो ? भनेर चारदिने आधारशीला तालिमबाट थाहा पाएपछि उनीहरू टोल सरसफाई गर्न र आप्mनो वरपरको वातावरण स्वच्छ र सफा राख्ने अभियानमा छन् ।

सुनछहारी उद्यमी महिला समूहमा ३० जना छन् । समूहले मासिक बैठक बसी बचत उठाउने, मिलिजुली काम गर्ने जस्ता सामूहिक काम समेत गर्दै आएको छ । स्थानीय स्रोत र साधनको समुचित प्रयोग गरी महिलालाई उद्यमी बनाउँदै सशक्तिकरण गर्ने उद्देश्यले काम थालेको ग्रामीण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आशमानी चौधरीले बताइन् । परियोजनाअन्तर्गत राजपुर गाउँपालिकाको ७ वटा वडामा गरी जम्मा १८ वटा स्वावलम्बन मूल समूह गठन गरिएको परियोजनाका फोकल पर्सन भीमकान्त चौधरीले बताए ।

परियोजनाअन्तर्गत राजपुर गाउँपालिका वडा नं. २ चम्फामा गठन गरिएको हरियाली स्वावलम्बन महिला समूह र वडा नं. ५ सालभौँरी ठुलोगल्लीमा गठन गरिएको फूलबारी स्वावलम्बन महिला समूहका दिदिबहिनीले पनि गाउँ टोलमा सरसफाई अभियान सञ्चालन गर्दै आएको कार्यक्रम संयोजक गिरिराज भट्टले बताए । प्रत्येक हप्ताको शनिवारका दिन गाउँ टोल सरसफाई अभियान सञ्चालन गर्ने नियम बनाएका महिलाका काममा हौसला थप्न पालिकाका अध्यक्ष शरद बुढाथोकी, उपाध्यक्ष धनपती यादवको समेत उपस्थिति हुने गरेको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad