Ad Area

व्याडमिन्टनमा दाङका सुविनलाई गोल्डमेडल


दाङ,१८ असार । तेश्रो प्रधानमन्त्री कप खुल्ला राष्ट्रिय व्याटमिन्टन प्रतियोगितामा दाङका सुविन श्रेष्ठले गोल्डमेडल प्राप्त गरेका छन् । असारको १३ गतेदेखि १६ गतेसम्म ललितपुर जिल्लामा भएको प्रतियोगिताको फाइनल खेलमा एपिएफका शिशिर खनाललाई पराजित गर्दै श्रेष्ठले स्वर्ण पदक हात पारेका हुन ।

प्रतियोगितामा गोल्डमेडल हात पारेका श्रेष्ठले नगद दश हजारसहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् । उनले प्रतियोगितामा अण्डर १५ उमेर समूहको खेलमा प्रतिष्पर्धा गरेका थिए । प्रतियोगितामा विभागीय टिमका खेलाडीहरुसँगै सातै प्रदेशका विभिन्न जिल्लाबाट खेलाडीहरुको सहभागीता रहेको थियो ।

दाङ घोराही उपमहानगरपालिका–१४ निवासी श्रेष्ठ त्रिभुवन आर्मी क्लवबाट प्रतियोगितामा सहभागी भएका थिए । घोराही व्याटमिन्टन क्लवबाट करिव चार बर्ष खेलेका श्रेष्ठ पछिल्लो समय त्रिभुवन आर्मी क्लवमा आवद्ध रहेका छन् । व्याटमिन्टन खेलप्रति सानैदेखि रुचि राख्ने श्रेष्ठले विभिन्न राष्ट्रिय प्रतियोगितामा समेत स्वर्ण पदक हात पारिसकेका छन् ।

उनी घोराहीको माउण्डभ्यू बोर्डिङ स्कुलमा अध्ययन गर्दैगर्दा खेलमा अघि बढ्ने मौका प्राप्त गरेको बताएका छन् । श्रेष्ठ काठमाडौंस्थीत बागमती अल्टरनेटिभ स्कुलमा अध्ययनरत छन् ।

Blog Post Ad Blog Post Ad