Ad Area

बालबालिकालाई सुनौं


दाङ,४ असोज । अक्सर अभिभावक के ठान्छन् भने बच्चासँग कुराकानी गर्नु आवश्यक छैन । बच्चाहरु आफै खेलिहाल्छ । तर, बच्चासँग कुराकानी गर्ने, उनीहरुको भावना बुझ्ने, इच्छा बुझ्ने प्रयास गर्नुपर्छ । हुनसक्छ, उनीहरु आफुलाई खुलस्त रुपमा व्यक्त गर्न सक्दैनन् । यद्यपि केहि कुरा गर्न खोजिरहेका हुन्छन् । यसका लागि अभिभावकले उनीहरुसँग मित्रवत् व्यवहार गर्नुपर्छ ।

बच्चाका लागि अभिभावकले साथीको भूमिका पनि खेल्नुपर्छ । उनीहरुसँग बातचित गर्ने, खेल्ने, हाँस्ने, कार्टुन हेर्ने, रमाउने गर्नुपर्छ । यसले गर्दा बच्चाहरु अभिभावकसँग घुलमिल हुन्छन् । उनीहरुले एक्लो अनुभव गर्दैनन् ।

अहिले के ट्रेन्ड छ भने, एउटा मात्र बच्चा जन्माउने । यसले बच्चाहरु एक्लिदै गएका छन् । एउटा दम्पतीले एउटा मात्र बच्चा जन्माउने प्रवृत्ति छ । यसले गर्दा बच्चाले आफ्नो साथी पाउँदैनन् । आफु जस्तै दौतरी पाउँदैनन् । यसरी उनीहरु एक्लिदै गएका छन् ।

पछिल्लो समय बच्चाहरु मोवाइल, ल्यापटप आदिमा लिप्त हुनुको पछाडि उनीहरु एक्लो भएर नै हो । बच्चाले आफुलाई भुलाउनका लागि पनि मोवाइल, ल्यापटपको साहारा लिनुपर्ने अवस्था छ ।

यसैले बच्चाका लागि अब आमाबुवाले अभिभावक मात्र होइन साथी पनि बन्नुपर्छ । उनीहरुसँग खेल्ने, रमाउने गर्नुपर्छ । आपसमा संवाद गर्नुपर्छ । यसले उनीहरुको मानसिकता बुझ्न सहयोग गर्छ । उनीहरु के गर्न चाहन्छन् रु के गर्दा खुसी हुन्छन् रु कुन कुरालाई कसरी लिन्छन् रु यावत् जान्नका लागि पनि बच्चासँग संवाद गर्नुपर्छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad