Ad Area

दसैंलाई नयाँ नोट


काठमाडौँ,४ असोज । दसैं र तिहारलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले सोमबारदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सेवा सुरु गरेको छ । नयाँ नोट साट्न राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा सर्वसाधारण पुगेका थिए । यसपटक सर्वसाधारणलाई प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ सटही सुविधा दिइएको छ । राष्ट्र बैंकले सोमबारदेखि नै बाँडे पनि अन्य बैंक र वित्तीय संस्थाले दसैंको १५ दिनअघिबाट मात्र वितरण गर्नेछन् ।

Blog Post Ad Blog Post Ad