Ad Area

एसईईको नतिजा सार्वजनिक, माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको संख्या साढे २२ हजार


घोराही, २१ असार । कक्षा १० को अनिवार्य गणितमा प्रयोगात्मक २५ अंक नभएकै कारण विद्यार्थीको सिकाई सबैभन्दा कमजोर देखिएको छ । गणितबाहेक अन्य विषयमा शिक्षकले प्रयोगात्मक नम्बर दिने व्यवस्था छ । प्रयोगात्मक परीक्षाको पूर्णाङ्क २५ तोकिएको छ ।

शिक्षकले जति नम्बर दिएपनि राष्ट्रिय परीक्षा बोर्डले मान्यता दिएकै कारण गणितबाहेकका विषयमा ’ए’ प्लसदेखि ’सी’ ग्रेड ल्याउने विद्यार्थीको संख्या बढी छ । जस्तो कि गणितको परीक्षामा सहभागी ४ लाख ८३ हजार ५ सय ६५ विद्यार्थीमध्ये ग्रेड ’इ’ ल्याउने १ लाख ५५ हजार ४ सय ५८ छन् ।

प्रयोगात्मक परीक्षा भएको अनिवार्य अंग्रेजीमा सहभागी ४ लाख ८२ हजार ८८९ विद्यार्थी मध्ये ४ सय ७ विद्यार्थीको मात्रै ग्रेड ’इ’ बएको छ । ग्रेड ’डी’ हुने परीक्षार्थी २७ हजार ९ सय ४४ छन् ।

नेपालीमा ६३ र विज्ञानमा १ हजार ७ सय २१ जना मात्रैले ग्रेड ’इ’ ल्याएका छन् । अनिवार्य सामाजिकमा ग्रेड ’इ’ ल्याउने ३ सय ८३ मात्रै छन् । अझ स्वास्थ्य तथा जनसंख्या विषयमा त झन् २ सय १३ परीक्षार्थीले मात्रै ग्रेड ’इ’ ल्याएका छन् ।

ए’’ प्लस ल्याउनेमा गणितमा १९ हजार ३ सय ३० जना छन्, अंग्रेजीमा १७ हजार ६ सय २९ विज्ञानमा ९ हजार ५ सय ७३, स्वास्थ्य तथा जनसंख्यामा २२ हजार ५ सय ७४ विद्यार्थीले ’ए’ प्लस ल्याएका छन् । ऐच्छिक कम्प्युटर साइन्समा ३१ हजार ८ सय ७२, लेखामा २२ हजार ५ सय ७४ जनाले ’ए’ प्लस ल्याएका छन् ।

गणितमा ४ लाख ८३ हजार ५६५ परीक्षार्थी मध्ये २ लाख ४ हजार २ सय ६८ अर्थात् ४२.३१ प्रतिशतको नतिजा ’डी’ र ’इ’ आएको छ ।

Blog Post Ad

ऐच्छिक विषयतर्फ अर्थशास्त्रमा विद्यार्थी सबैभन्दा कमजोर देखिएका छन् । जुन विषयमा २ लाख ४२ हजार २ सय ७९ विद्यार्थी सहभागी भएकोमा ९७ हजारको नतिजा डी र इ आएको छ । ’इ’ मात्रै ल्याउने ५८८४ विद्यार्थी रहेका छन् । यो संख्या गणितपछिको सबैभन्दा धेरै हो ।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार दिउँसो सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजाअनुसार सबैभन्दा माथिल्लो ग्रेड ३.६० देखि ४ जीपीए  ल्याउने विद्यार्थीको संख्या करिब साढे २२ हजार रहेको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका अनुसार ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २२ हजार ४ सय ७५ रहेको छ । यो कुल परीक्षार्थीको ४.६३ प्रतिशत हो ।

यसैगरी कार्यालयका अनुसार ३.२० देखि ३.६० जीपीए ल्याउनेको विद्यार्थी संख्या ५५ हजार ६९ रहेको छ । जुन ११.३६ प्रतिशत हो ।

कार्यालयले एसईई परीक्षाको नतिजा बिहीबार दिउँसो सार्वजनिक गरेको हो । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।

Blog Post Ad Blog Post Ad