Ad Area

नेपाल परिवार नियोजन संघ दाङको सभापतीमा देवकोटा


दाङ, २३ असार । नेपाल परिवार नियोजन संघ दाङ शाखाको सभापतीमा भरतराज देवकोटा चयन भएका छन् ।

आज शनिवार घोराहीमा भएको संघको ४४ औँ वार्षिक साधारणसभा तथा १५ औँ अधिवेशनले देवकोटाको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समिति कोषाध्यक्षमा माया पोख्रेल, महिला सदस्यमा बालिका लम्साल, डा शारदा गौतम र युवा सदस्यहरु कृपा सुवेदी निर्विरोध चयन भएका छन् ।

अधिवेशनले समितिको स्वास्थ्यविज्ञ सदस्यमा रेणु श्रेष्ठ, कानुनविज्ञ सदस्यमा किरण पौडेल, अपाङगता क्षेत्रवाट माधा भण्डारी निर्विरोध चयन भएको निर्वाचन समितिका संयोजक दीपक रेग्मीले जानकारी दिएका छन् । उम्मेद्वारी दिने समयमा एकल उम्मेद्वारी परेकाले सवै जना निर्विरोध चयन भएको संयोजक रेग्मीले बताएका छन् ।

११ सदस्यीय कार्यसमितिमा रिक्त रहेको ३ सदस्य पछि थप गरिने भएको छ । जसमा अर्थविज्ञ सदस्य र अन्य २ सदस्य बाँकी रहेका छन् । समितिको कार्यकाल ३ वर्षको रहेको छ ।

Blog Post Ad Blog Post Ad