Ad Area

घुस सेटिङ प्रकरणप्रति नागरिक समाज दाङको गम्भिर ध्यानाकर्षण


घोराही, २४ असार । नागरिक समाज दाङले राप्ती नदीमा कुलो खन्ने नाममा नदीजन्य वस्तु उत्खनन् गर्दा सेटिङ मिलाउन जिल्लाका प्रशासन तथा सुरक्षा प्रमुख सहित जनप्रतिनिधि र पत्रकारसम्मलाई लाखौं रकम घुस दिएको गम्भीर आरोप सार्वजनिक भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

समाजका संयोजक केबी मसाल र सचिव नारायणप्रसाद श्रेष्ठले आइतवार एक विज्ञप्ति जारी गर्दै जिल्लामा हुने गरेको भ्रष्टाचार र अनियमिताका बारेमा नागरिक समाजले पटक–पटक स्थानीय प्रशासनलाई ध्यान आकर्षण गराउँदै आउँदा पनि यस किसिमको घटना हुनु दुर्भाग्यपूर्ण रहेको उल्लेख गर्नुभएको छ ।

जिल्लामा भ्रष्टाचार नियन्त्रण गर्ने निकाय पुलिस प्रशासन नै यसप्रकारका घटनाको आरोपित भएकोले भ्रष्टाचार सम्वन्धि अनुसन्धान गर्ने राज्यका अन्य निकाय समेतले घटनाको सत्य तथ्य अनुसन्धान गरी सार्वजनिक गर्न र दोषीलाई कारवाही गर्न नागरिक समाज दाङले आग्रह गरेको छ ।

ु‘जिल्लामा हुने गरेको भ्रष्टाचार र अनियमिताका बारेमा नागरिक समाजले पटक पटक स्थानिय प्रशासनलाई ध्यान आकर्षण गराउदै आउदा पनि यस किसिमको घटना हुन दुर्भाग्यपूर्ण छ’, विज्ञप्तिमा भनिएको छ । जिल्लामा भ्रष्टाचार नियन्त्रण गर्ने निकाय पुलिस प्रशासन‌ नै यो घटनामा आरोपित भएकोले भ्रष्टाचार सम्वन्धि अनुसन्धान गर्ने राज्यका अन्य निकाय समेतले यो घटनाको सत्य तथ्य अनुसन्धान गरी सार्वजनिक गर्न र दोषीलाई कारवाही गर्न नागरिक समाज दाङ आग्रह गर्दछ ।

Blog Post Ad Blog Post Ad