दाङमा जंगली च्याउ खाँदा दुई जना विरामी

घोराही,३० असार । दाङको बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाँदा एकै घरका दुई जना बिरामी परेका छन् ।
बिरामी पर्नेमा बंगलाचुली गाउँपालिका वडा नम्बर १ स्युजा निवासी ३८ वर्षीय आमा यमाकुमारी कवर वली र उहाँका १२ वर्षीय छोरा एकिन वली रहनु भएको छ ।
जंगलमा भटाएको च्याउ घरमा पकाएर खाँदा आमा छोरा बिरामी परेको बंगलाचुली गाउँपालिका वडा नं. १ का विष्णु कुवँरले जानकारी दिनुभयो । बिरामी दुवै जनाको तुलसीपुरस्थीत राप्ती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।
वडा अध्यक्ष कुवँरले भन्नुभयो,‘प्राथमिक स्वास्थ्य केन्द्र स्युजा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएका थियौ । अहिले उहाँहरुको उपचार भैरहेको छ ।’ शुक्रवार उहाँहरुले भातसँग च्याउ खाएको र खानापछि पेट दुख्ने समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।