Ad Area

दाङ उवासंघको अधिवेशन असोज १३ मा


दाङ, ३० असार । दाङ जिल्ला उद्योग वाणिज्य संघको अधिवेशन आउँदो असोज १३ शनिवार हुने भएको छ । संघको शनिवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले संघको अधिवेशन असोज १३ गते शनिवार र साधारण सभा असोज ६ गते शनिवार गर्ने सर्वसहमतीमा निर्णय भएको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिएका छन् । बैठक संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा बसेको हो ।

बैठकमा व्यवसायीहरुका समस्याहरुका विषयमा छलफल गरिएको थियो । त्यसै गरेर संघले गदै आएका कामहरुका बारेमा समिक्षा गदै आगामी दिनमा कसरी अगाडि बढने भन्ने विषयमा समेत छलफल गरिएको हो ।

Blog Post Ad Blog Post Ad