Ad Area

दाङमा राष्ट्रिय परिचय पत्रको कार्ड वितरण शुरु


घोराही, ५ साउन । काम शुरु भएको ३ वर्षपछि दाङमा सेवाग्राहीले बायोमेट्रिकसहित वितरण रहेको राष्ट्रिय परिचय पत्रको कार्ड वितरण शुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट यसअघि राष्ट्रिय परिचयपत्र आवेदन भरेकाहरुलाई उक्त कार्ड वितरण भईरहेको छ । असारको १ गतेबाट प्राविधिक प्रक्रिया थालनी गरेर अहिले कार्ड वितरणको काम भईरहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका कर्मचारी विपी भट्टले जानकारी दिनुभको छ ।

उहाँका अनुसार जिल्लाबाट पठाएको विवरणका आधारमा केन्द्रले पठाएको कार्डको बाकस रिसिभ गर्ने, रुजु गर्ने काम भएपछि पालो अनुसार कार्ड लिन आउने सूचनासहितकोकोड पठाउने काम भईरहेको छ । जसका आधारमा अहिले व्यक्तिहरु प्राप्त गरेको सुचना अनुसार कार्ड लिन आउने गरेका भट्टले बताउनुभयो ।

जिल्लामा पहिलो चरणमा आएको ३१ हजार कार्ड वितरणको काम असारको २५ गतेदेखि शुरु भएको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयबाट रेकर्ड गरिएको विवरणको मात्रै परिचयपत्र आएको छ ।

नागरिकको विवरणलाई डिजिटलाईज्ड गर्न सेक्युरिटी चिप्ससहितको राष्ट्रिय परिचयपत्रको कार्ड जिल्लामा आउँदा आवेदन अनुसार नआएकाले मोबाईलमा सूचना पठाउने काम भईरहेको उहाँले बताउनुभयो । कार्ड छपाई हुँदा क्रमवद्ध नभई आएकाले गएको माघ महिनासम्मको कार्ड जिल्लामा आईपुगेको र अरु पनि आउने प्रक्रियामा रहेको भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार कार्ड लिन आउँदा स्वयम व्यक्ति आफै उपस्थित हुनुपर्ने, सूचना प्राप्त भएको दिन नै आउँदा समयमा सेवा पाउने अवस्था रहेको छ ।

सबै नेपालीलाई राष्ट्रिय परिचय पत्र प्रदान गर्न आर्थिक वर्ष २०६६–०६७ को वार्षिक नीजि तथा कार्यक्रममा नेपाली जनतालाई बहुपयोगी वायोमेट्रिक स्मार्ट कार्ड उपलब्ध गराउने घोषणा भए अनुसार कार्यान्वयनमा ल्याईएको हो । राष्ट्रिय परिचय पत्र नेपाली नागरिकको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्रका रुपमा लिईएको छ ।

Blog Post Ad

व्यक्तिको राष्ट्रिय पहिचान, मतदाता परिचयपत्रको रुपमा प्रयोग गर्न सकिने, सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्न, सामाजिक सुरक्षा, सुरक्षा व्यवस्थापनको लागि सहयोगी अभिलेखका रूपमा परिचयपत्र उपयोग गर्न सकिन्छ । दाङमा पहिलो पटक २०७७ साउन १८ गतेदेखि जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्रका लागि आवेदन भरिएको थियो । जसमा सबैभन्दा पहिलो आवेदक सीता सिग्देल न्यौपाने हुनुहुन्थ्यो ।

Blog Post Ad Blog Post Ad