Ad Area

दाङका बिभिन्न ठाउँमा मसाल जुलुस


घोराही, २९ कात्तिक ।

नेपाल कम्युनिस्ट पार्टी दाङले ३० गते मंगलवार गर्ने नेपाल बन्दको पूर्वसन्ध्यामा मसाल जुलुस गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विरुद्ध पार्टीले केन्द्रीय कार्यक्रम अनुसार सोमबार दाङको मुख्य शहर घोराहीमा सोमवार साझ मसाल जुलुस गरेको हो ।

कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी दाङका कार्यालय सदस्य निर्मल केसीले यो भ्रष्ट दलाल सरकाले जनतामाथी गरेका गलत हर्कत विरुद्ध पार्टीले निरन्तर संघर्षका कार्यक्रमहरु गर्दै आइरहेको बताए । जनताको ढाडसेक्ने गरि सरकारले बढाएको महंगी र पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता तथा खारेजी गरेन भने थप संघर्षका कार्यक्रमहरु लिएर अगाडि बढ्ने उनले प्रष्ट पारे ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विरुद्ध भोलि हुने नेपाल बन्द सफल पार्न सहयोग गरिदिन पनि सम्पूर्ण जनता उद्योगी, ब्यापारी, ब्यबसायीहरु लगायतलाई उनले अनुरोध गरे ।
नेपाल बन्दको पूर्वसन्ध्यामा जिल्लाका मुख्य शहरहरु घोराही, लमही, तुलसीपुर, भालुबाङ, गढवा, राजपुर, दंगिशर, शान्तिनगर, बबई गाउपालिकाको हापुरे लगाएतका ठाउँहरुमा सीठ्ठी जुलुस र मसाल जुलुस निकालिएको नेकपा दाङले जनाएको छ ।

त्यसैगरी पार्टीले राजपुर गाउँपालिकामा पर्ने बेलामा शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेतापनि सानदार ढंगले कार्यक्रम सम्पन्न भएको र पार्टीको शान्तिपूर्ण कार्यक्रममा प्रहरी प्रशासनले हस्तक्षेप गर्नु निन्दनीय भएको पार्टी कार्यालयले जनाएको हो ।

कोणसभाको सहजीकरण अखिल (क्रान्तिकारी )का केन्द्रीय सदस्य तथा दाङका अध्यक्ष अम्बर खड्काले गरेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad